arrow

नेविसंघ अध्यक्षमा आठ जना, जम्मा ६८५ जनाको उम्मेदवारी

logo
प्रकाशित २०७३ साउन ३२ मंगलबार
NSU-11-conventation-logo.jpg.jpeg
काठमाडौं। नेपाल विद्यार्थी सङ्घको अध्यक्षका लागि आठ जनाको उम्मेदवारी परेको छ। महामन्त्री र कोषाध्यक्षमा भने क्रमशः ६ र ५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। अध्यक्षमा उम्मेदवारी दिनेमा मनोजमणि आचार्य, नगेन्द्रसिंह ठकुरी, नैनसिंह महर, शुभराम बस्नेत, वचन कार्की, पदमराज पन्त, आनन्दराज त्रिपाठी र लक्ष्मण आचार्य रहेको निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले जानकारी दिए। 
 
त्यसैगरी महामन्त्रीमा कुन्दनराज काफ्ले, सरोज थापा, हिमालदत्त श्रेष्ठ, दीपक भट्टराई, राजेश ज्ञवाली र शङ्कर पौडेलको उम्मेदवारी परेको छ। कोषाध्यक्षमा निमा गिरी, शिव रिमाल, अञ्जना अर्याल, केदार खनाल, टीका श्रेष्ठ र उमेश भट्टराईले उम्मेदवारी दिनुभएको खरेलले जानकारी दिए। 
 
सङ्घका १२९ पदका लागि ६८५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। समितिले साँझ ६:३० बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकेको छ। सङ्घको ११औं महाधिवेशन अन्तर्गत मतदान बुधबार बिहान काँग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने तय भएको छ। रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ