arrow

सवारी प्रयोगकर्ता बढे, ६६ अर्बको आयात

logo
प्रकाशित २०७३ साउन ३२ मंगलबार
vehicle-nepal.jpg.jpeg
काठमाडौं।आयातको दर बढ्दै जाने र निर्यातको दर घट्दै जाँदा नेपालको राष्ट्रिय व्यापारको स्थिती वर्षेनी अधोगतितिर लागिरहेको पुष्टि भएको छ। विगत ३ वर्ष यताको वार्षिक आयात तथा निर्यातको स्थितीलाई अध्ययन गर्दा नेपालको व्यापार स्थिती चिन्ताजनक अवस्थामा रहेको देखिएको हो। 
 
पछिल्लो दुई आर्थिक वर्षको व्यापार स्थितीलाई मध्यनजर गर्ने हो भने भारतीय नाकाबन्दीका कारण आयात र निर्यात दुबै तर्फको व्षपारमा नकारात्मक बृद्धिदर देखापरेको छ। तर पनि यी दुई शीर्षक मध्ये आयात अघिल्लो वर्ष भन्दा १ दशमलव ६ प्रतिशतले मात्रै कमि भएको देखाएको छ भने निर्यात तर्फ १७ दशमलव ५४ प्रतिशतले गिरावट भएको छ।
 
नाकाबन्दीका कारण सामान आयात तथा निर्यातमा केही ढिलाई भएको मात्रै होईन भने सामान नै फिर्ता हुने अवस्था नआएको भन्दै भन्सार विभाग भने नेपालबाट निर्यात हुने सामानको उत्पादन नै कम भएकोले निर्यात घटेको दाबी गर्छ। भन्सार विभागका निर्देशक एवं तथ्याङ्क विश्लेषण शाखा प्रमुख विनोदशरण आचार्यले उत्पादन नै कम भएकोले यो वर्ष अत्यधिक मात्रामा निर्यात सामग्रीमा कमि आएको जानकारी दिए। आर्थिक वर्ष २०७१-७२ मा ७ खर्ब ८६ अर्ब १९ करोड १४ लाख ३ हजारको सामान आयात भएकोमा आर्थिक वर्ष २०७२-७३ मा जम्मा ७ खर्ब ७४ अर्ब ७१ करोड २२ लाख ७७ हजारको मात्रै सामान आयात भएको जानकारी दिए। त्यस्तै, निर्यात तर्फ भने २०७१-७२मा  जम्मा ८५ अर्ब १९ करोड ४७ लाख ५४ हजार रूपैयाँको सामान आयात भएकोमा पछिल्लो वर्ष अर्थात् २०७२-७३ मा ७० अर्ब २५ करोड ४१ लाख ६५ अजार रूपैयाँको सामान निर्यात भएको छ। जुन १७ दशमलव ५४ प्रतिशतले कमि हो। त्यसो त हरेक वर्ष यस्तो दरमा भने क्रमशः गिरावट आउँदै गरेको तथ्याङ्कले देखाएको छ।
 
उता, यसरी निर्यातमुलक सामग्रीमा १६ प्रतिशतले गिरावट आईरहँदा सवारी साधनको आयातमा मात्रै १६ अर्बको बृद्धि भएको पनि भन्सार सिवभागको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष २०७१-७२ र २०७२-७३ को वार्षिक तथ्याङ्कलाई आधार मान्दा पछिल्लो आर्थिक वर्ष अर्थात् आ.व. २०७२-७३ मा ६६ अर्ब २० करोड ५० लाख ८० हजार रूपैयाँको सवारी साधन तथा पाटपूर्जा आयात भएको छ। जुन अघिल्लो वर्ष ४९ अर्ब ५१ करोड ६५ लाख २ हजारको सवारी साधन तथा पाटपूर्जा आयात भएको छ। यसरी गैरउत्पादक र विलाशिताका बस्तुहरू बढी आयात गर्ने परिपाटीले गर्दा पनि नेपालको अर्थतन्त्रमा बढी नकारात्मक असर देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ