arrow

डिल्लीरामले दिए नेविसंघ प्रदेश नम्वर ४को उपाध्यक्षमा उमेद्वारी

logo
प्रकाशित २०७३ साउन ३२ मंगलबार
dilliram-subedi.jpg.jpeg
काठमाडौं। नेपाल विद्यार्थी संघको जारी महाधिवेशनमा डिल्लीराम सुवेदीले प्रदेश नम्वर ४ बाट उपाध्यक्ष पदमा उमेद्वारी दिएका छन्। वि. सं. २०५१ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्यता लिएर राजनीतिमा प्रवेश गरका डिल्लीराम सुवेदी नेपाल विद्यार्थी संघको बौद्धिक विद्यार्थी नेताका रुपमा चिनिन्छन्। २०५३ सालमा वाग्लुङ जिल्लाको जनता माविमा नेपाल बिद्यार्थी संघको अध्यक्ष भएका सुवेदी क्याम्पस पढ्ने क्रममा पृथ्वी नारायण क्याम्पस पोखरामा लामो समयसम्म इकाइमा बसेर काम गरिसकेका थिए। 
 
वाग्लुङ पोखरा सम्पर्क समितिमा रहँदै काठमाडौं आउँदा काठमाडौं शिक्षा क्याम्पसमा विद्यार्थी राजनीतिमा लागेका सुवेदीले विद्यार्थी राजनीतिलाई प्राज्ञिक र मर्यादित बनाउने पक्षमा वकालत गर्दै शैक्षिक सवालहरूमा खह्रो बहसमा उत्रिदै आएका छन्। अध्ययनशिल स्वभावका सुवेदीका बिद्यार्थी सम्बन्धी लेख, रचना समेत छापिदै आएका छन्। सुवेदीको सम्पादनमा शुरुवात भएको विचार विशेष त्रैमासिक पत्रिका अहिले पनि प्रकाशन भइरहेको छ। 
 
नेपाली काँग्रेस र संविधानसभा नामक बुकलेट लगायत १० वटा भन्दा बढी पुस्तकहरूको लेखन, सहलेखन र सम्पादनमा समेत गरेका सुवेदी काठमाडौ शिक्षा क्याम्पसको स्ववियू सभापति तथा इकाई अध्यक्ष समेत भैसकेका छन्। सुवेदीले २०६५ सालमा आफ्नो क्याम्पसमा नेविसंघलाई प्यानल नै जिताएर क्याम्पस राजनीतिबाट केन्द्रीय राजनीतिमा उनले पाइला सारेका थिए। उनी पछिल्लो समय नेपाली काँग्रेसमा पनि सकृय रहेका छन्। वाग्लुङ जिल्ला क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिमा विजयी भएका सुवेदी २०६२/६३ को आन्दोलनमा बिद्याथीहरुलाई आन्दोलित बनाउदै अघि बढ्दा काठमाडौंमा पटक पटक पक्राउ परी थुनिएका थिए। 
 
आकर्षण हराउँदै गएको विद्यार्थी राजनीति र चार्मिङ हराउँदै गएको शैक्षिक, सामाजिक र राजनीतिक एजेण्डाको भविष्यलाई उज्वल गराउनको लागि आफूले उम्मेदवारी दिएको उनले बताए। लोकतन्त्र विना नेपालको समृद्धि सम्भव छैन भन्ने मान्यता बोकेर त्यही लोकतान्त्रिक विचारले प्रत्येक विद्यार्थीलाई प्रदिप्त बनाउनको निमित्त नेपाल विद्यार्थी संघ एउटा जुझारू विद्यार्थी संगठनको रूपमा राष्ट्रव्यापी बनेर अगाडि बढ्नु जरूरी रहेको उनको तर्क छ। अबको नेविसंघ ढुङ्गामुढामा होईन सिर्जनशीलतामा रूपान्तरण हुनुपर्छ उनको तर्क छ। 
 
राजनीतिका कारण मात्रै सम्भव हुन्छ भन्ने कुरा जवसम्म स्थापित गर्न सक्दैनौ तबसम्म हामी बाँचेको विद्यार्थी संगठन बाँचेको अनुभूति समाजलाई दिन सक्दैनौं। त्यस्तो परिस्थितिको परिकल्पनाका साथ संगठनको नेतृत्व दिने दृढ संकल्पका साथ प्रस्तुत हुने कार्ययोजना लिएर अघि बढेको हुनाले म महामन्त्रीको लागि सक्षम छु। त्यसैले धेरै साथीहरूले मलाई सहयोग गर्नुहुन्छ भन्नेमा पनि ढुक्क छु। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ