arrow

अदालतबाट लाखौँको जरिवाना ठहर भएका सुवाल पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २१ बुधबार
nepal-police12.jpg

काठमाडौं । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु २४ लाख ५९ हजार ८२२ जरिवाना भएका एक जनालाई पक्राउ गरेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उच्च अदालत पाटनले छ दिनको कैद सजाय र रु २४ लाख ५९ हजार ८२२ जरिवाना भएका भक्तपुर नगरपालिका-२ ब्यासीका ४७ वर्षीय विकुबहादुर सुवाललाई आज पक्राउ गरेको हो ।

ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको विसं २०७८ फागुन ३० को फैसलापछि फरार रहेका सुवाललाई आज भक्तपुरबाट पक्राउ गरिएको जानकारी दिए । 

पक्राउ सुवालले आफ्नो एनआइसी एशिया बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी झुक्यानमा पारेर पीडितलाई खाली चेक दिएर बैकिङ कसुर गरेका थिए । पक्राउ उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेश गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ