arrow

भाटभटेनी सुपरमार्केटमा आपूर्तिको छापा, चर्को मुल्य लिएको खुलासा

logo
प्रकाशित २०७३ साउन ३२ मंगलबार
Bhatbhateni.jpg.jpeg
काठमाडौं। आपूर्ति मन्त्रालयले भाटभटेनी सुपरमार्केटको चावहिल–चुच्चेपाटीमा रहेको सुपरमार्केटमा छापा मारेको छ। आपूर्ति मन्त्रालयका सहसचिव आनन्द रेग्मीको नेतृत्वमा सोमबार गएको टोलीले केही परिणाममा दालहरू नियन्त्रणमा लिएको छ। 
 
गुणस्तरको हिसावले ठिकै भएपनि मुल्यमा भने उपभोक्ता हित संरक्षण ऐनले तोकेको २० प्रतिशतभन्दा बढी लिन नपाउने व्यवस्था विपरित चर्को शुल्क लिईएको भेटिएको आपूर्ति व्यवस्थापन विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए। 
 
श्रेष्ठले दिएको जानकारी अनुसार भाटभटेनीले चना दालमा १ सय ११ मा खरीद गरेर १ सय ७४ रूपैयाँमा विक्री गर्ने गरेको भेटिएको छ। त्यस्तै मुङको दाल पनि १ सय २४ रूपैयाँमा खरिद गरेर २ सय १३ रूपैयाँमा विक्री गरेको भेटिएपछि दुबैथरी दालको नमूना परीक्षणको लागि ल्याईएको श्रेष्ठले जानकारी दिए। 
 
तर, फेमिली तेलमा भने १ सय ६० रूपैयाँमा खरीद गरेर १ सय ४३ रूपैयाँमा बेचेको स्टोरले दाबी गरेपछि त्यसको पनि परीक्षणको लागि नमूना ल्याईएको विभागले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ