arrow

सभामुख घर्तीको सक्रियता बढ्यो, समिति सभापतिहरुलाई ल्याइन् एउटै टेबलमा

logo
प्रकाशित २०७३ साउन ३२ मंगलबार
Sansad--cometee-news.jpg.jpeg
काठमाडौं । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसदअन्तर्गतका विभिन्न समिति सभापतिसँग समितिको प्रभावकारीता र क्षेत्राधिकारबारे छलफल गरेकी छन् । मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुख घर्तीले समिति सभापतिहरुसंग छलफल गरेकी हुन् । 
 
छलफलमा समितिको क्षेत्राधिकार र संसदमा विषय प्रवेश गराउँदा हुने गरेको बाँझिने समस्या समाधानका विषयमा दोहोरो कुरा भएको संसदको विकास समिति सभापति रविन्द्र अधिकारीले हाम्राकुरालाई जानकारी दिए । 
 
यसअघि, समितिहरुबीचमा समन्वय नहुने समस्या बढ्दै गएपछि सदनमा पेश हुने विषय वस्तुहरु बाँझिने समस्या रहँदै आएको छ । छलफलपछि समिति सभापतिहरुले अब त्यो समस्या नआउने बताएका छन् । 
 
माओवादी केन्द्रबाट सभामुख भएकी घर्तीले माओवादीको सरकार बनेपछि आफ्नो सक्रियता बढाएकी छन् । उनले सोमबार मात्रै संसद सचिवालयका कर्मचारीहरुसंग सांसदहरुलाई अब खाजा र खानाको कुपनको सट्टा खातामै जम्मा गरिदिने गरी भत्ताको व्यवस्था गर्न आग्रह गरेकी थिइन् । 
 
सभामुखले गरेको सो निर्णयलाई कतिपयले आर्थिक मित्तव्ययीताका रुपमा लिएका छन् भने, केहीले दामासायी रुपमा वितरण गर्ने रकमले गलत सन्देश जाने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ