arrow

अनशनरत गङ्गामाया आइसीयुमा

logo
प्रकाशित २०७३ साउन ३२ मंगलबार
Gangamaya.jpg.jpeg
काठमाडौँ। अनशनरत गङ्गामाया अधिकारीको अवस्था नाजुक भएपछि उनलाई अहिले आइसीयुमा राखिएको छ । 
 
गत बिहीबारदेखि गङ्गामायाले स्लाइन र औषधि समेत नलिई आमरण अनशन सुरु गरेपछि उनको अवस्था नाजुक भएको हो । मानवअधिकारकर्मी इन्द्र अर्यालका अनुसार गङ्गामायालाई स्लाइन चढाउन खोज्दा उनको नाडीमा रगत ‘जाम’ भएपछि अहिले घाँटीबाट स्लाइन दिने तयारी भइरहेको छ । 
 
आइतबारदेखि मानवअधिकारकर्मीले सरकारलाई दबाब दिन ‘गङ्गामाया बचाऔँ’ अभियान सुरु गरेका छन् । सोहीअनुसार मानवअधिकारकर्मीले आज उनि अनशनरत वीर अस्पतालमा नै धर्ना दिएका छन् । 
 
विसं २०६१ मा तत्कालीन माओवादीले आफ्नो १७ वर्षीय छोरा कृष्णप्रसादको हत्या गरेको भन्दै गङ्गामाया र नन्दप्रसाद अधिकारी अनशनमा बसेका थिए । अनशनरत अवस्थामा नै नन्दप्रसादको दुई वर्षअघि मृत्यु भए पनि गङ्गामाया एक्लै अनशनलाई निरन्तरता दिइरहेकी छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ