arrow

उम्मेदवारको घर छेउँमा शंकास्पद वस्तु, बम हुनसक्ने आशंका 

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
279490253_1617615571956313_8257571020913048706_n.jpg

मोरङ । नेकपा एमालेबाट सुन्दरहरैंचाको वडा नम्बर ११ मा वडा सदस्य पदमा उम्मेद्वारी दिएका जीवनाथ ढकालको घर छेउमा शंकास्पद वस्तु फेला परेको छ ।

पूर्व माओवादी ढकालको सुन्दरहरैंचा–११ शुक्रबारेमा रहेको घर नजिकै आज बिहान सो वस्तु फेला परेको हो । शंकास्पद वस्तुमा तार जोडिएको र केही पर्चा पनि देखिएको स्थानीयले बताएका छन् । 

बिहान झिसमिसेमा भैंसी दुहुन जाने क्रममा परिवारका सदस्यले शंकास्पद वस्तु देखेर प्रहरीलाई जानकारी गराएका थिए ।

अहिले इलाका प्रहरी कार्यालय बेलबारीको टोली आएर सो क्षेत्रलाई सुरक्षा घेरामा राखेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ