arrow

पहिरोका कारण धादिङका २५ घर विस्थापित

logo
प्रकाशित २०७३ साउन ३२ मंगलबार
Dhading-hamrakura.jpg.jpeg
मलेखु (धादिङ) । उत्तरी धादिङको दार्खा गाविस–८ धार्नामा आज पहिरो जाँदा २५ घर विस्थापित भएका छन् । 
 
गाउँ माथिबाट पहिरो खसेपछि विस्थापितले स्थानीय विद्यालय भवन र छिमेकी गाउँका नातेदारका घरमा शरण लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जीयारले बताए । 
 
पहिरोले घरमा क्षति नपुर्‍याए पनि गाउँमा बस्न नसकिने अवस्था भएपछि गाउँवासीले आपत्कालीनरुपमा गाउँ छाडेका हुन् । परिवारका सदस्यले मात्र घर छाडेकाले गाईबस्तु तथा अन्य सामग्री घरमै छन् । गाउँमाथिबाट पहिरो खसिरहेको प्रहरीले जनाएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ