arrow

निजी विद्यालयका सञ्चालकहरुसँग नागेशले मागे भोट 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
nagesh-koirala-biratnagar.JPG
तस्बिर– फाइल

विराटनगर । नेपाली कांग्रेसका विराटनगर महानगरपालिकाका मेयरका उम्मेदवार नागेश कोइरालाले निजी विद्यालय सञ्चालकहरुसँग मत भोट मागेका छन् ।
 
विराटनगरको हिमालयन दर्शन कलेजमा वीपी विपि विचार समाजले आयोजना गरेको एक कार्यक्रममा निजी विद्यालयका सञ्चालकहरुलाई मतदान गरेर जिताउन आग्रह गरेका हुन् । 

प्याब्सन, एन प्याब्सन तथा हिसानसँग आबद्ध विराटनगरका निजी विद्यालयका सञ्चालकहरुो कार्यक्रममा कोइरालाले निजी विद्यालय सञ्चालकहरुको अनुकुल काम गर्ने बताए ।
 
कार्यक्रममा प्याब्सनका कन्द्रीय, प्रदेश, जिल्ला, नगरका पदाधिकारीहरु र एन प्याब्सनका केन्दीय पदाधिकारी, प्रदेश, जिल्ला र नगरका पदाधिकारीको सहभागिता रहनुका साथै प्राध्यापक तथा बुद्धिजीवीहरुको सहभागिता थियो ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ