arrow

शंकास्पद वस्तुभित्र बम नरहेको पुष्टि 

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
279859705_3295403864026693_5444901629381601599_n.jpg

मोरङ । आज बिहान सुन्दरहरैंचा ११ शुक्रबारेमा उम्मेद्वारको घर छेउँमा फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । सो वस्तु होक्स (तर्साउन राखिएको नक्कली बम) मात्र भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार निर्वाचन बहिष्कार गरौँ भनेर नेकपा माओवादी क्रान्तिकारीको नाममा लेखिएको पर्चाले बेरेर राखिएको कुकरभित्र ४ वटा ढुङ्गा फेला परेको थियो । शंकास्पद वस्तु राखेर बाहिर तार निकालेर तर्साउन खोजेको मात्रै पाइएको र सो वस्तु राख्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सुन्दरहरैंचा ११ बाट नेकपा एमालेको तर्फबाट वडा सदस्यका उम्मेद्वार रहेका जीवनाट ढकालको घर छेउँमा आज बिहान शङ्कास्पद वस्तु भेटेपछि नेपाली सेनाको डिस्पोजल टोली बम डिस्पोज गर्न आएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ