arrow

प्रसौनी गाउँपालिका अध्यक्षका उम्मेदवार गुप्ताद्धारा चुनावी घोषणापत्र सार्वजनिक 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
su2.jpg

कलैया । प्रसौनी गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार सुनिल गुप्ताले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।पत्रकार सम्मेलन गरी उनले आफ्नो घोषणापत्र सार्वजनिक गरेका हुन् । शिक्षा, स्वास्थ्य, कृषि, रोजगार  र भौतिक पूर्वाधारमा जोड दिँदै यस क्षेत्रको विकासका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 

भ्रष्टाचारमुक्त पालिका बनाउनका लागि हेल्पडेक्स निर्माण गरी सेवाग्राहीहरुलाई छिटो छरितो रुपमा सेवा प्रदान गर्नेका लागि व्यवस्था मिलाउने बताए । 

दलित जेहन्दार, गरिब गरी ५० जना विद्यार्थीहरुका लागि मासिक रु २ हजार प्रोत्साहन स्वरुप दिने, एक जना एमबीबीएस डाक्टर, १ जना इन्जिनियर पढ्नका लागि वार्षिक रुपमा बजेट छुट्याई पढ्नका लागि सहयोग गर्ने, स्नातक पास गर्ने विद्यार्थीलाई जागिर नलागेसम्म मासिक रु ३ हजारको दरले प्रोत्साहन भत्ता दिने, विवाह मण्डप, निर्माण वृद्धाश्रम, अनाथालय निर्माण, ५ वर्षमा ५ सय जनालाई रोजगारको व्यवस्था गर्ने, १ सय युनिट विद्युत खपत गर्नेहरुलाई ५० युनिट विद्युत निःशुल्क गरि दिने जस्ता योजनाहरु घोषणापत्रमा रहेको छ । 

त्यति मात्र नभई शिक्षा क्षेत्रमा ५०, स्वास्थ्य क्षेत्रमा २५, पर्यटन क्षेत्रमा २५, अधोगिक सुरक्षा क्षेत्रमा २५, ड्राइभर तथा सहचालकमा २८ जना, सरसफाई क्षेत्रमा २५ जना गाँउपालिका प्रहरीमा ३५ जना विभिन्न उधोगका श्रमिकको रुपमा १ सय जना र स्वरोजगार अन्तरगत सिलाई, कटाई, प्लम्बर, बिजुली मिस्त्री गरी १ सय ७२ जनालाई कम्तीमा रोजगारीको व्यवस्था गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्षका उम्मेदवार गुप्ताले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।  

सो अवसरमा पालिकाका उपाअध्यक्ष, वडा अध्यक्षहरुका उम्मेदवारसहित नेपाली काँग्रेसका महासमिति सदस्य लुकेश सिंहको सहभागिता रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ