arrow

प्रदेश नं. १ बाट सह महामन्त्रीमा डेकेन्द्र कुमार तामाङको उम्मेद्वारी

logo
प्रकाशित २०७३ साउन ३२ मंगलबार
dekendra-tamang.jpg.jpeg
काठमाडौं। काठमाडौंमा जारी नेपाल विद्यार्थी संघको ११ औँ महाधिबेशनमा प्रदेश नं. १ बाट डेकेन्द्र कुमार तामाङले सह महामन्त्रीका लागि उम्मेद्वारी दिएका छन्। नेपाल विद्यार्थी संघको केन्द्रिय समितिमा हिमाल, पहाड र तराई सबै क्षेत्रलाई समेटिनुपर्ने भन्दै उनले सह महामन्त्रीमा उम्मेद्ववारी दिएका हुन्। 
 
नेपाल विद्यार्थी संघको जिल्लास्तरिय राजनीतिमा लामो समयसम्म काम गरेको अनुभवका आधारमा ग्रामिण जिल्लाका शैक्षिक मुद्धाहरुलाई केन्द्रिय तहबाटै सम्बोधन गराउनका लागि आफूले सह महामन्त्रिको पदमा उम्मेद्वारी दिएको तामाङको भनाई छ। तामाङले २०५३ सालदेखि नेपाल विद्यार्थी संघको राजनीति सुरु गरेका हुन्। 
 
विद्यार्थी माझमा सबैका प्रिय मानिने उनले इन्द्रेणी उमावि पाँचथरको इकाई अध्यक्ष हुँदै पाँचथर क्षेत्र नं. २ को क्षेत्रिय अध्यक्ष, पाँचथर जिल्ला सदस्य र दुई कार्यकाल जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालि सकेका छन्। 
 
जनआन्दोलनमा घाईते भएका तामाङले जिल्लामा रहेर केन्द्रिय स्तरको राजनीतिमा पनि राम्रै पहुँच राख्ने भएकाले उनलाई महाधिबेशनमा सहभागी विद्यार्थी प्रतिनिधिहरुले सह महामन्त्रीको बलियो उम्मेद्वारका रुपमा लिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ