arrow

नवलपरासीमा जीप दुर्घटना, ४ को मृत्यु

मृत्यु हुने मध्ये तीन जनाको सनाखत

logo
प्रकाशित २०७३ साउन ३२ मंगलबार
Nawalparasi-hamrakura.jpg.jpeg
नवलपरासी । नवलपरासीको बर्दघाट नगरपालिका –४ दाउन्नेमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ना१ ज १३१७ नम्बरको जीप दुर्घटनामा अन्य ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
 
मृत्यु हुनेमा २ महिला, २ पुरुष छन् । तीन जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुने मध्ये तीन जनाको सनाखत भएको छ । 
 
मृत्यु हुनेमा सुक्रौली –८ का २८ वर्षीय (जीप चालक) सुदाखर पाण्डे, भारतको धर्मपुर बस्ने अन्दाजी २६ वर्षीय चिन्तु साहनी र बन्झरिया –८ वणगो माइती तथा देवगाउँ गोहीनी बस्ने २५ वर्षीया ठानमती चौधरीको पहिचान खुलेको छ  । मृतक एक महिलाको अझै सनाखत हुन सकेको छैन । 
 
 घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । जीपमा ११ जना सवार रहेको र जीप ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ