arrow

उपत्यकाबाट खुल्ला केन्द्रीय सदस्यमा ईन्जिनियर सुबास पौडेलले दिए उमेद्वारी

logo
प्रकाशित २०७३ साउन ३२ मंगलबार
subash-poudel.jpg.jpeg
काठमाडौं। नेविसंघको ११ औ महाधिबेशनमा इन्जिनयर सुबास पौडेलले केंद्रिय सदस्यमा (उपत्यकातर्फ) उम्मेदवारी दिएका छन्। इन्जिनयर पौडेलले प्राबिधिक कोटामा नलडी आफ्नो उम्मेदवारी खुल्लामा दिएका छन्। 
 
२१ औ शताप्दीको प्रविधिले राष्ट्र र राजनीतिलाई जोड्नुपर्दछ भन्ने मान्यतासंगै आफ्नो उम्मेदवारी अहिलेको आवश्यकता भएको उनले बताए। प्राबिधिकले प्रबिधि क्षेत्रको मात्रै कुरा उठाउनु पर्दछ भन्ने मान्यतालाई चिर्दै प्राबिधिक जनशक्तिले समग्र राष्ट्रको कुरा उठाउन सके समाजका हरेक क्षेत्रमा प्रविधिको सफल प्रसारण गर्दैराष्ट्रको बिकाश प्रबिधिसहित आगाडी बढने उनको मत छ। 
 
नेपाल बिद्यार्थी संघ र नेपाली कांग्रेसलाई २१ औ शताब्दीको प्रबिधिजस्तै चुस्त र गतिशिल बनाउन आफु कटिबद्ध् रहेको उनले योजना सुनाए। अहिलेसम्म आफ्नो लगानी नेविसंघमा नै रहेको र केन्द्रमा निर्बाचित भइ आफु बिद्यार्थीको हकहितमा अझै प्रभावकारी ढंगबाट अग्रसर हुने उनले बताए।
 
प्रतिनिधि साथीहरुको साथ र सल्लाहले आहिलेसम्म काम गर्दै आएको जिकिर गर्दै उनले आफ्नो पक्षमा मतदान गर्ने बिस्वाश व्यक्त गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ