arrow

माओबादी पीडित प्रचण्ड प्रदेश नं ५ बाट उपाध्यक्षमा उठ्दै

logo
प्रकाशित २०७३ साउन ३२ मंगलबार
guntu-prachanda.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको परिवार भएको भन्दै तत्कालिन माओवादीबाट शसस्त्र बिद्रोहको बेलामा अनेक यातना भोगेका विद्यार्थी नेता प्रचण्ड विक्रम न्यौपाने यस पटकको नेविसंघ महाधिवेशनमा मैदानमा उत्रिएका छन्। प्रदेश नं ५ बाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका न्यौपाने मनोजमणि आचार्यको प्यानलबाट आधिकारिक उम्मेदवार रहेका छन्। 
 
२०५७ सालमा त्रि चन्द्र क्याम्पसको स्ववियू सदस्य वनेर वि सं २०६० सालमा स्ववियू सचिव हुँदै २०६२देखि ६५ सालसम्म त्रिचन्द्र क्याम्पसको इकाई अध्यक्ष बनेका प्रचण्ड २०६५ देखि ६८ सालसम्म नेविसंघको सहमहामन्त्री बनेका थिए। पारिवारिक रूपमा पनि नेपाली काँग्रेस पृष्ठभुमी रहेको उनको परिवारमा उनका हजुरबुबा जुद्द बहादुर न्यौपाने २०१५ सालको निर्वाचित सांसद् हुन्। त्यस्तै २०५० देखि २०५६ सालसम्म राष्ट्रिय सभाको सांसद् बनेका जुद्ध बहादुरका नाती प्रचण्ड ग्रामीण विकास विषयमा स्नातकोत्तर उत्तीर्ण पनि हुन्। 
 
नेविसंघको केन्द्रमा बसेर समेत लामो समय काम गरेका उनी आफू नेतृत्वमा पुगेको खण्डमा नेपाल विद्यार्थी संघलाई एउटा सवल विद्यार्थी संस्थाको रूपमा चिनाउन लागि पर्ने बताउँछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ