arrow

सुजाता कोइराला नेविसंघ केन्द्रीय सदस्यमा लड्दै

logo
प्रकाशित २०७३ साउन ३२ मंगलबार
sujata-koirala-nebisangh.jpg.jpeg
काठमाडौं। सानै उमेरदेखि विद्यार्थी राजनीतिमा प्रवेश गरेकी सुजाता कोइरालाले नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा प्रदेश नं १ बाट महिला तर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छिन्। सोलुखुम्बुको कालिका उच्चमाविमा पढ्दादेखि नै सक्रिय रूपमा नेविसंघको राजनीतिमा लागेकी उनी कक्षा ६ मा नै स्कूल तहको नेपाल विद्यार्थी संघको सदस्य बनेकी थिईन्। 
 
अहिले पद्म कन्या क्याम्पसमा स्नातक तह पहिलो वर्षमा अध्ययन गर्दै आएकी कोइराला सम्भवतः सबैभन्दा सानो उमेरमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने छात्रा उम्मेदवार हुन्। उनी अहिले जम्मा १९ वर्षको मात्रै रहेकी छन्। 
 
सोलुखुम्बुमा हुँदा नै पनि कक्षा ८ मा नेविसंघ स्कूल कमिटी अध्यक्ष बनेकी कोइराला उच्चमाध्यमिक तहमा पुग्दा पनि उच्चमावि तहको नेविसंघको कार्यसमिति अध्यक्ष बनेकी थिईन्। २०७१ सालमा काठमाडौं आएर २०७२ सालमा पद्मकन्या क्याम्पसमा भर्ना भएकी कोइराला अहिलेसम्म पद्मकन्या क्याम्पस कमिटीमा भने आवद्ध भएकी छैनन्। 
 
उमेरमा सानो भएपनि सिद्धान्त बुझाईमा आफू पाको रहेको बताउने कोइराला अनुभवको हिसावमा भने आफू सानो र नयाँ नरहेको बताउँछिन्। उनी आफूले नेविसंघको सानै कमिटीमा भएपनि नेतृत्व गरेको अनुभव रहेको भन्दै प्रदेश नं १ बाट छात्रा केन्द्रीय सदस्यमा आफूलाई धेरै मतदाताले मत दिने विश्वास पनि व्यक्त गर्छिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ