arrow

ओलीले दोस्रो हप्तामै बेइमानी थालेका थिए, नायक भनेको खलनायक परेछ- प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २३ शुक्रबार
prachand-pushpa.PNG

काठमाडौं । सत्ता गठबन्धन दल एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यति बेला बाम गठबन्धन गरेको दोस्रो हप्तादेखि नै बेइमानी, जालझेल, षडयन्त्र सुरु गरेको तर, आम जनताले तीन वर्षपछि मात्रै थाहा पाएको बताएका छन् ।

पाँच दलीय सत्ता गठबन्धनको काठमाडौँको शान्तिबाटिकामा आयोजित संयुक्त चुनावी आमसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

सुरुमा नेपाली कांग्रेससँग गठबन्धन गर्दा त्यति बेला रुख वालाले हसिया हथौडा र हसिया वालाले रुखमा भोट हाल्न गाह्रो मानेर परिणाम नकारात्मक आएपछि आफुले वर्तमान प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सल्लाह गरेरै बरु बाम गठबन्धन गर्दा एउटै चिन्हमा सबैले सजिलो मान्लान् भनेर त्यस्तो प्रस्ताव अघि सारेको उनले बताएका छन् ।

जनताले विश्वास गरेर राम्रै भएको र आफूहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नायक बनाएर अघि ल्याएको भए पनि उनले दोस्रो हप्तादेखि नै बेइमानी, जालझेल, षडयन्त्र थालेको र त्यो कुरा माधव नेपाल र आफूलाई थाहा भएपछि कसरी जनतालाई बुझाउने होला भनेर छलफल थालेको बताएका छन् ।

तर, पनि ओलीलाई मनाउन अढाई वर्ष प्रधानमन्त्री बन्ने सम्झौता भए पनि ओलीलाई नै दिएर मनाउन खोजे पनि ओली नसुध्रिएको प्रचण्डको भनाइ छ । उनले भनेका छन्, बाम गठबन्धन गरेर जुन स्थायित्वको सपना देखिएको थियो,  विकास र समृद्धिको नयाँ युगतिर लैजाने त्यो सपना तीन वर्ष पुग्दा नपुग्दै चकनाचुर भयो ।

बाम गठबन्धनपछि ओलीले बेइमानी गरेको कुरा स्मरण गर्दै उनले अघि भने, नायक भनेको खलनायक पो फेला पर्याे । यस्तै अध्यक्ष प्रचण्डले हिजो चितवनमा महिलाकै लागि आवाज उठाएको र आज काठमाडौंमा महिलाकै लागि आवाज उठाउन पाएको खुसी व्यक्त गरे ।

उनले महिलाको अधिकार संविधानमा मात्रै नभएर व्यवहारमा उतार्न सफल भएको खुसी व्यक्त गर्दै सबै काठमाडौंबासीलाई मेयरका लागि सृजना सिंहलाई मत दिन आह्वान समेत गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ