arrow

सुशील भट्टले दिए उपत्यका केन्द्रीय सदस्यमा उमेद्वारी

logo
प्रकाशित २०७३ साउन ३२ मंगलबार
sushil-bhatta.jpg.jpeg
काठमाडौं। लमजुङ जिल्लामा जन्मिएर काठमाडौंमा राजनीति सुरू गरेका सुशील भट्टले काठमाडौंमा जारी नेविसंघको ११औं महाधिवेशनमा उपत्यका केन्द्रीय सदस्यको रूपमा उम्मेदवारी दिएका छन्। स्कूल तहदेखि नै नेविसंघको राजनीतिमा लागेका उनी अहिले स्नातकोत्तर तहमा अध्ययन गरिरहेका छन्। समाजशास्त्र विषयमा स्नातकोत्तर गरिरहेका भट्ट अहिले कलिलो उमेरका विद्यार्थी नेता हुन्। 
 
नेशनल मोडल स्कूल बालाजुबाट २०६२ सालदेखि राजनीतिमा लागेका उनी उक्त स्कूलको स्कूल समितिको इकाई सभापति बनेका थिए। वि सं २०६४ सालमा नेविसंघको केन्द्रीय स्कूल समिति अध्यक्ष बनेका उनले २०६४ सालमा ग्रामीण आदर्श क्याम्पसको इकाई उपाध्यक्ष बनेका थिए। २०६५ सालमा सोही क्याम्पस इकाईको सचिव बनेका भट्ट त्यसपद्धि २०६६ सालदेखि हालसम्म सोही क्याम्पसमा इकाई अध्यक्षको रूपमा रहेका छन्। 
 
एक बौद्धिक नेताको रूपमा छवि बनाएका भट्ट कुन्दन काफ्लेको समूह निकट मानिन्छन्। भट्ट आफू नेविसंघमा सुधारको एजेण्डा लिएर अघि बढेको बताउँछन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ