arrow

अमृत कुमार पन्थी प्रदेश नं ५ बाट सहमहामन्त्री

logo
प्रकाशित २०७३ भदौ १ बुधबार
amrit-panthee.jpg.jpeg
काठमाडौं। राजाको एकतन्त्रीय शासन विरूद्ध शंकरदेव क्याम्पसबाट विज्ञप्ती निकालेको र कालो झण्डा देखाएबापट एक महिना भन्दा लामो समय जेल जीवन भोगेका अमृतकुमार पन्थीले नेविसंघको महाधिवेशनमा प्रदेश नम्वर ५ बाट सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन्। 
 
पन्थीले आफु शेरबहादुर देउवा समूहबाट आधिकारीक उम्मेदवार रहेको भन्दै आफूलाई धेरै भन्दा धेरै साथीहरूको माया रहेको दाबी पनि गरेका छन्। विभिन्न जिल्लाको भ्रमण सकेर काठमाडौं फर्कँदा आफूले आफ्नो जीत सुनिश्चत भएको महशुस गरेको बताउने उनी आफूलाई देशभरीका साथीहरूले असाध्यै मन पराएको दाबी गर्छन्। 
 
नेविसंघको राजनीतिमा परिचित अनुहार पन्थीले यस अघि पनि महत्वपूर्ण जिम्मेवारी लिएका थिए। पन्थी यस अघि नेविसंघका केद्रीय सदस्यको भूमिकामा थिए। त्यस अघि उनी २०५२ सालमा अर्घाखाँचीको चन्द्र माविमा ईकाई अध्यक्ष भएका थिए।
 
त्यहाँबाट नेविसंघको बिद्यार्थी राजनीतित सुरु गरेका उनले काठमाडौंको शंकरदेव क्याम्पसको २०६० सालमा स्ववियु सदस्य चुनाव जितेका थिए। उनी नेविसंघको अर्घाखाँची जिल्ला अध्यक्ष पनि बनेका थिए। पन्थी ०६२–०६३ को जनआन्दोलनमा क्रममा पटक पटक गरि ३ महिना जेल पनि परेका थिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ