arrow

शहिद पुत्र राजीव केसीको उम्मेदवारी प्रदेश नं ६ को उपाध्यक्षमा

logo
प्रकाशित २०७३ भदौ १ बुधबार
rajeev-kc.jpg.jpeg
काठमाडौं। प्रदेश नं ६ को प्रदेश उपाध्यक्ष पदमा सल्यानका राजीव केसीले उम्मेदवारी दिएका छन्। २०४९ सालदेखि नेपाल विद्यार्थी संघको सक्रिय राजनीतिमा लागेका उनले सल्यानको जनकल्याण माविमा इकाई सचिव भएर राजनीति सुरू गरेका थिए। त्यसलगत्तै इकाई अध्यक्ष हुँदै २०५१ सालमा नेविसंघको क्षेत्रीय कार्यसमितिमा समेत बसेर काम गरिसकेका छन।  
 
२०५४ सालमा रत्नराज्य लक्ष्मी क्याम्पसमा इकाई सदस्यको रूपमा काम सुरू गरेका उनी २०५५ सालमा तत्कालीन विद्रोही माओबादीले बाबुलाई मारेपछि भने निकै हतोत्साही बन्न पुगेका थिए। पछि नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा इकाई उपाध्यक्ष हुँदै सल्यान जिल्लाको जिल्ला अध्यक्षको रूपमा २०५७ सालदेखि २०६८ सालसम्म नेतृत्व सम्हालेका उनी मेजर इङ्लिस विषयमा स्नातक तह उत्तीर्ण हुन्।
 
आफ्नो उमेद्वारी द्धन्दपिडित र विकट क्षेत्रका विद्यार्थीहरुको प्रतिनिधीको रुपमा रहेको बताउने केसीले आफू विद्यार्थीहरूले अत्यधिक मनपराउने उम्मेदवारको रूपमा रहेको बताउँछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ