arrow

फरासिली ज्योती कटुवाल प्रदेश ६ बाट केन्द्रीय सदस्यको उमेद्वार

logo
प्रकाशित २०७३ भदौ १ बुधबार
jyoti-katuwal.jpg.jpeg
काठमाडौं। प्रदेश नं ६ बाट पश्चिमकै चम्किली ज्योतीको रुपमा रहेकी ज्योती कटुवाललाई नेविसंघमा जिताउन प्रदेशका विद्यार्थीहरुले अभियान चलाएका छन्। ज्योतीलाई जिताउने सहमति भन्दै उनीहरुले प्रदेश ६का सबै प्रतिनिधी मतदाताहरुलाई मत दिन आग्रह गरेका छन्। 
 
पत्रकारीता र विद्यार्थी राजनीति सँगसँगै गरेकी दैलेखकी ज्योती फरासिलो र हँसमुख वानी व्यवहारका कारण विद्यार्थीमाझ चाँडै घुलमिल हुन्छिन। यहि बानी अहिले उनलाई सबैमाझ लोकप्रिय बनाउन सफल भएको छ। 
 
पश्चिम कि आशा लाग्दी, उदाउदी र चम्किलि ज्योती कटुवाल प्रदेश नम्वर ६बाट छात्रा सदस्यमा उमेद्वार भएकी हुन्। आफ्नो उमेद्वारी दु्गम र पछाडि पारिएका क्षेत्रका छात्राहरुलाई राजनीतिको मुलप्रवाहमा ल्याउन पहलको रुपमा भएको उनले बताइन। साविकको कर्णाली र भेरीको प्रतिनिधीहरुको मतबाट निर्वाचित हुने पदमा उमेद्वारी दिएको उल्लेख गर्दै सबैको साथ आफूले खोजेको बताइन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ