arrow

एक महिनाअघि नै नवौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २४ शनिबार
9th-national-games-logo.jpg

काठमाडौं । गण्डकी प्रदेशमा एक महिनापछि आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट एक महिनाअघि नै सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शनिबार एक कार्यक्रममा गर्दै नवौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरेको हो ।

युवा तथा खेलकुद मन्त्रि महेश्वर गहतराज, राखेपका सदस्यसचिव टंकलाल घिसिङ, उपाध्यक्ष शिव कोइराला लगायतले लोगो र मस्कट सार्वजनिक गरेका हुन् ।

यस्तै नवौंको नारासमेत सार्वजनिक गरिएको छ । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ नारा रहेको छ । लोगो र मस्कट खुल्ला छनोट खुल्ला प्रतिस्पर्धाबाट छनोट गरिएको हो । लोगो र मस्कट भोलानाथ पौडेलले डिजाइन गरेका हुन् । नारा सुयोग्य राज काफ्लेले रचना गरेका हुन् ।

लोगो डिजाइन गरेका भोलानाथले पुरस्कारस्वरूप ५० हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै मस्कट डिजाइन गरेवापत उनले २५ हजार पाए ।  नारा बनाउने काफ्लेले १० हजार प्राप्त गरे । 

लोगो, मस्कट र नारा छनोटका लागि राखेपले एकेन्द्र कुँवरको संयोजकत्वमा कमिटि गठन गरिएको थियो । 

नवौं जेठ २२ देखि २८ गतेसम्म सञ्चालन हुनेछ । 

नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिएको छ । यस्तै दुई प्रदर्शनी खेलको रुपमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ