arrow

मदिराजन्य पदार्थको बिक्री वितरणमा रोक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २५ आइतबार
cdo office kaski hamrakura.jpg
फाइल तस्वीर

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले वैशाख २७ गतेदेखि मदिराजन्य पदार्थको विक्री वितरणमा रोक लगाएको छ । कास्की प्रशासनको नेतृत्वमा शुक्रबार सम्पन्न समन्वय बैठकले यस्तो निर्णय गरेको हो । 

बठकले वैशाख २७ गते राति १२ बजेबाट निर्वाचनको मौन अवधि शुरु हुने र यस अवधिमा मदिराजन्य पदार्थ विक्रीवितरण गर्न नपाइने निर्णय गरेको हो । निर्वाचन आचारसंहिता पालना गराउन र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि यस्तो निर्णय गरिएको कास्की प्रशासनले जनाएको छ । 

प्रशासनले रात्रिकालिन व्यवसाय वैशाख २५ गतेदेखि २८ गतेसम्म राति ११ बजेसम्म, २९ गते साँझ ८ बजेसम्म, ३० गते पूर्ण बन्द हुने उल्लेख गरेको छ । यस्तै, वैशाख ३१ देखि जेठ १० गतेसम्म राति ११ बजेसम्म मात्रै रात्रिकालिन व्यवसाय सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ