arrow

नेविसंघ नेतृत्वका लागि मतदान सुरु हुँदै, चुनावि मैदानमा ६ सय बढी उम्मेदवार

logo
प्रकाशित २०७३ भदौ १ बुधबार
NSU-11-conventation-logo.jpg.jpeg.jpeg
काठमाडौं।  नेपाल विद्यार्थी सघंको नेतृत्व चयनका लागि मतदान काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ ।  महाधिवेशनमा अध्यक्षदेखि केन्द्रीय सदस्य सम्म गरि १२९ पदका लागि ६८५ जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा ८ जनाको उमेद्वारी परेको छ भने महामन्त्री र कोषाध्यक्षमा भने क्रमशः ६ र ५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।
 
अध्यक्षमा उम्मेदवारी दिनेमा मनोजमणि आचार्य, नगेन्द्रसिंह ठकुरी, नैनसिंह महर, शुभराम बस्नेत, वचन कार्की, पदमराज पन्त, आनन्दराज त्रिपाठी र लक्ष्मण आचार्य रहेको निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले जानकारी दिए। 
 
त्यसैगरी महामन्त्रीमा कुन्दनराज काफ्ले, सरोज थापा, हिमालदत्त श्रेष्ठ, दीपक भट्टराई, राजेश ज्ञवाली र शङ्कर पौडेलको उम्मेदवारी परेको छ। कोषाध्यक्षमा निमा गिरी, अञ्जना अर्याल, शिव रिमाल, केदार खनाल, टीका श्रेष्ठ र उमेश भट्टराईले उम्मेदवारी दिएका छन् । सङ्घका १२९ पदका लागि ६८५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ