arrow

विनोद चौधरी घरदैलोमा जाँदा नवलपुरलाई परिचय फेर्ने अवसर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २५ आइतबार
binod-chaudhary-congress-sabha.jpg

नवलपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन आफ्नो गृह जिल्ला नवलपुरको निर्वाचन अभियानमा होमिएका छन् । जिल्लाका आठ वटै स्थानीय तहमा नेपाली कांग्रेस र गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउने घोषणाका साथ उनी निर्वाचन अभियानमा होमिएका हुन् । 

नेता चौधरी अहिले गठबन्धनका उम्मेदवारहरूको नेतृत्व गर्दै नवलपुरका घरदैलो कार्यक्रममा सक्रिय छन् । जिल्लाका विभिन्न ठाउँहरूमा आयोजित चुनावी कोणसभाहरूलाई सम्बोधन गर्दै नेता चौधरी जिल्लाका दुर्गम गाउँहरूमा समेत पुगेर जनतासँग भेटघाट गर्ने, उनीहरूका समस्या बुझ्ने र ती समस्या समाधानका लागि ठोस पहल गर्ने प्रतिवद्धता जनाएका छन् । 

नवलपुरलाई नमूना जिल्ला बनाउन विकास योजना सार्वजनिक गरिसकेका चौधरीले स्थानीय समस्यालाई यस योजनामा समावेश गरेर दिगो विकासको आधार तयार गर्ने रणनीति बनाइरहेका देखिन्छन् । नवलपुर जिल्लामा मध्यविन्दु, कावासोती, देवचुली र गैडाकोट गरी चार नगरपालिका रहेका छन् भने बौदीकाली, हुप्सेकोट, विनयी त्रिबेणी र वुलिङ्गटार गरी चार गाउँपालिका रहेका छन् । 

स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बौदीकाली गाउँपालिकाको प्रमुखमा केबी राना, हुस्पेकोटमा लक्ष्मीदेवी पाण्डे, विनय त्रिवेणीमा डम्बरबहादुर जिसी, बुलिङटारमा शशिकिरण बस्ताकोटी, मध्यविन्दु नगरपालिकामा सूर्र्यबहादुर गुरुङ्ग, कावासोती नगरपालिकामा महेन्द्र पोखरेल, गैंडाकोटमा मदनभक्त अधिकारी, देवचुलीमा अशोक बस्ताकोटी नेतृत्वमा गठबन्धनले निर्वाचन लडेको छ । 

नेता चौधरीले आठवटै पालिकामा चारतारे झण्डा फहराउने र जिल्लाको विकासको गतिलाई तीब्र बनाउने आफ्नो लक्ष्य रहेको बताउँदै आएका छन् । जिल्लामा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन कायम गरिएको छ ।  

नवलपुरमा देशकै नमूना औद्योगिक पार्क, शाश्वतधाम र उन्नती कल्चरल भिलेज जस्ता संस्थाहरू स्थापना गरेर आफूलाई राष्ट्रकै अब्बल उद्यमीमा स्थापित गरिसकेका चौधरी पहिलो पटक यसरी जनताको घरदैलोमा पुगेर जिल्लाको विकासको अभियानका बारेमा नेतृत्व लिइरहेका छन् । 

‘विनोद चौधरीलाई हामी अन्य नेताहरूजस्तो चुनावको बेलामा आकाशको तारा झारिदिने र त्यसपछि केही नगर्ने नेताका रुपमा लिएका छैनौँ । उहाँका विकासका प्रतिबद्धताले नवलपुर जिल्ला र हामी नवलपुरवासीलाई नै गौरवान्वित गराउनेछ भन्नेमा विश्वस्त छौँ’, देवचुली नगरपालिका वडा नम्बर ७ निवासी मतदाता हर्कबहादुर सोमै भन्छन्, ‘अहिलेको चुनाव हाम्रा लागि विशेष छ किनभने विनोद चौधरीजस्ता देशलाई नै ठूलो योगदान पुर्याएका नेता हाम्रो घरदैलोमा भोट माग्न आएका छन् । उनले हाम्रा लागि पक्कै पनि राम्रो काम गरेर देखाउनेछन् ।’

मध्यविन्दु नगरपालिका वडा नम्बर ३ का मतदाता शिवलाल श्रेष्ठ पनि आफ्नो जिल्लाको अहिलेको चुनावी अभियानलाई फरक ढंगले हेरिरहेका छन् । ‘नवलपुर जिल्ला वास्तवमा बत्ती मुनिको अँध्यारोमा रहँदै आएको छ । देख्दा धेरै विकसित जस्तो देखिन्छ तर यो जिल्ला वास्तवमै अविकसित छ ।’, श्रेष्ठ भन्छन्, ‘देशका एकमात्र अर्बपति विनोद चौधरीलाई हामीले हाम्रा नेताको रुपमा पाएका छौँ । जहाँसम्म मैले उनलाई चिनेको छु, उनी आँटेको काम फत्ते नगरेसम्म आफू पनि सुत्दैनन् र अरुलाई पनि सुत्न दिदैनन् । जिल्लाको विकासका लागि अहिले उनले जे भनिरहेका छन् मलाई विश्वास छ, गरेर देखाउने छन् । नवलपुर जिल्लाले आफ्नो पुरानो पहिचान बदल्ने छ ।’

चौधरीको चुनावी अभियानलाई नियाल्दा उनी जिल्लामा चुनावी अभियान मात्रै चलाइरहेका छैनन् । उनले स्थानीय तहमा भोलि चुनिएर आउने जनप्रतिनिधिहरुलाई कसरी काम गनुपर्छ भनेरसमेत उर्जा भरिरहेजस्तो देखिन्छ । 

शनिबार देवचुली नगरपालिकामा आयोजित सभामा बोल्दै उनले भने, ‘स्थानीय निकायका जनप्रतिनिधि दश माइलको रफ्तारमा हिँड्नुभयो भने म सय माइलको रफ्तारमा हिँड्नेछु ।’ 

उनको अभियानले राजनीतिका लागि राजनीति र विपक्षीलाई गाली गलौजमा सीमित राष्ट्रिय राजनीतिको दृष्यलाई समेत नवलपुरमा परिवर्तन गरिदिएको छ । उनका जति पनि अभिव्यक्ति आएका छन् ती सबै विकास निर्माण र जनताको जीवनस्तर परिवर्तनमा केन्द्रित छन् । विपक्षीहरुलाई होचो देखाएर आफू अग्लो देखिने राष्ट्रिय राजनीतिको दृष्य यहाँ देखिँदैन । 

चौधरीको यो अभियानले हालसम्म अन्य दलमा आवद्ध रहेका आम मतदाताहरुलाई निकै प्रभावित पारेको देखिएको छ । उनी जिल्लाका जुन ठाउँमा पुग्छन् त्यहाँका मतदाता नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर नै चलेको छ ।

‘हामीलाई विकास चाहिएको छ त्यसका लागि विनोद चौधरीभन्दा ठूलो भरोसा अरु हुन सक्दैन’ शनिबार मात्रै एमालेबाट कांगे्रसमा प्रवेश गरेकी बिमला सुनार भन्छिन्, ‘चौधरीले नवलपुरमा तीन हजार मानिसलाई रोजगारी दिनुभएको छ । त्यसमध्ये पनि आधाजसो महिला छन् । हाम्रो जीवनस्तर सुधारमा उहाँले जति योगदान दिनुभएको छ त्यो अन्य कसैसँग पनि अपेक्षा गर्न सकिँदैन । त्यसैले म लामो समयदेखिको एमालेसँगको आवद्धता छोडेर उहाँको हातबाट टिका लगाउन पाउँदा उत्साही छु ।’  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ