arrow

चक्कु र खुकुरी बोकेर हिँड्ने दुई युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २५ आइतबार
pakrau9.jpg

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चक्कु बोकेर हिंड्ने र खुकुरी बोकेर हिड्ने दुई युवकलाई पक्राउ गरेको छ ।

वैशाख २३ गते स्कूटरको डिक्कीमा चक्कु बोकेर हिंड्ने चापाकोट नगरपालिका वडा नं. ९ फूलवारीका २० वर्षका राजीप विक पक्राउ परेका हुन् । 

यस्तै, झोलामा खुकुरी बोकेर हिंड्ने पाल्पा रामपुर नगरपालिका वडा नं. ५ का २३ वर्षीय बाबुराम श्रेष्ठलाई चापाकोट नगरपालिका वडा नं. ९ विपिचोकबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवैका विषयमा अनुसन्धान गइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ