arrow

कागेश्वरीमा माहोल बनाउँदै उपेन्द्र कार्की, दिनभर घरदैलोमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २५ आइतबार
upendra-karki-ghardailo-2022.jpg

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार उपेन्द्र कार्कीलगायत उम्मेदवारहरुले नियमित रुपमा घरदैलो कार्यक्रम गरिरहेका छन् । कार्कीले मेयरमा उम्मेदवारी दर्ता गरेदेखि नै नियमित रुपमा नगरबासीको घरघरमा गएर आफूलाई मतदान गर्न आग्रह गरिरहेको बताएका छन् । 

आइतबार मेयरका उम्मेदवार कार्की लगायत कांग्रेस वडा अध्यक्षका उम्मेदवारहरुलगायत वडा सदस्यहरुका उम्मेदवारहरुले पनि घरदैलो कार्यक्रम गरेको कांग्रेस कागेश्वरी मनोहरा नगर समितिका सचिव सुजन थपलियाले जानकारी दिए ।

घरदैलो कार्यक्रममा मेयरका उम्मेदवार कार्कीले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रुख चिन्हमा मतदान गरी आफू लगायत सिंगो टिमलाई विजयी गराउन अनुरोध गरेको थपलियाले बताए । 

यसैगरी कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ मा पनि वडाध्यक्षका उम्मेदवार अनिल थापा, ७ नं वडाका वडाध्यक्षका उम्मेदवार भिमसेन थापालगायत उम्मेदवारहरुले घरदैलो कार्यक्रम गरेका छन् । 

घरदैलोमा कांग्रेस नगर समिति सचिव सुजन थपलिया, क्षेत्रीय सदस्य गयाप्रसाद उपाध्याय, क्षेत्रीय प्रतिनिधि उत्तम सिलवाललगायत कांग्रेसका कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थपलियाले जानकारी दिए । 

यसैबीच कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली कांग्रेसका साथ साथै नेकपा एमाले, नेकपा एकीकृत समाजवादीलगायत विभिन्न राजनीतिक दलहरुले पनि घरदैलो कार्यक्रमलाई नियमित रुपमा सञ्चालन गरिहेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिकामा मेयर र उपमेयरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ