arrow

‘ग्रीन सिग्नल’ नपाउँदा अझै सुरू हुन सकेन नेविसंघको मतदान

logo
प्रकाशित २०७३ भदौ १ बुधबार
NSU-11-conventation-logo.jpg.jpeg.jpeg
काठमाडौं । नेपाल विद्यार्थी संघको काठमाडौंमा जारी महाधिवेशनको निर्वाचन अझै सुरू हुन सकेको छैन । विहान ७ बजेदेखि सुरू हुने भनिएको मतदान अझै सुरू नभएको निर्वाचन समिति सदस्य अरूण पञ्जियारले जानकारी दिए । 
 
उनले अहिले निर्वाचन समितिका सदस्यहरू पूर्ण तयारीका साथ बसेको र मुचुल्का बाँध्ने काम पनि सकिईसकेकोले अब छिट्टै निर्वाचन सुरू हुने जानकारी पनि दिए । तर, ‘ग्रीन सिग्नल आउने वित्तिकै सुरू हुने भनिएकोले यो निर्वाचन तत्कालै सुरू हुनेमा भने अझै आशंका रहेको छ । 
 
कसको ‘ग्रीन सिग्नल’ आवश्यक रहेको हो भन्ने कुरामा भने उनले स्पष्ट कुरा बताएनन् । तर, सबै अध्यक्ष र महामन्त्रीका उम्मेदवारहरू निर्वाचन स्थलमा उपस्थित भएपछि मात्रै निर्वाचन सुरू हुने पनि उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ