arrow

धनगढी पुगे देउवा र प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २५ आइतबार
deuba-prachanda-final-433.jpg

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही समयअघि धनगढी पुगेका छन् । । 

प्रधानमन्त्री देउवा धनगढी उपमहानगरपालिका-४ स्थित आफ्नै निवासमा बसेका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड धनगढीको रुबस होटेलमा बसेका छन् । 

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार धनगढीको रङ्गशालामा हुने सत्ता साझेदार दलको चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 

सो स्थानको चुनावीसभापछि प्रधानमन्त्री देउवा डडेलधुरा जाने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए । 

माओवादी केन्द्रका अध्यक्ष दाहाल सोमबार नै कैलालीको हसुलिया, डोटी, र कञ्चनपुरको बेलौरीलगायत क्षेत्रमा हुने चुनावीसभालाई सम्बोधन गर्ने सो पार्टीका नेता रमेश भट्टराईले जानकारी दिए ।

 स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा राजनीतिक दलका शीर्ष नेताको चुनावी दौडधुप पनि ह्वात्तै बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ