arrow

चुनावी मैदानबाट आनन्दराज त्रिपाठीको उद्घोष, 'नेतृत्व आशिर्वादबाट आउने होइन'

logo
प्रकाशित २०७३ भदौ १ बुधबार
ananda-tripathi.jpg.jpeg
ललितपुर। नेविसंघको ११महाधिवेशनको चुनावी प्रक्रिया शुरु भएको छ। मध्यान्हसम्म मतदान शुरु हुने छ। निर्वाचनमा अध्यक्षका ७ उमेद्वार खडा भएका छन। ६ सय बढी उमेद्वार मैदानमा छन। तिनै मध्येका अध्यक्षका उमेद्वार आनन्दराज त्रिपाठीले अध्यक्षमा आफ्नो उमेद्वारी कायमै रहेको जनाउँदै आम विध्यार्थी साथीहरुको समर्थन र आफ्ना प्रतिबद्धताहरुलाई कायम राख्दै अध्यक्ष पदमा उम्मेद्बारी प्रस्तुत गरेको स्मरण गराएका छन्। त्रिपाठीले नेतृत्व आशिर्वादबाट आउने नभइ समृद्ध विचार सहितको निरन्तर संघर्ष र आम विध्यार्थीहरुको समर्थनबाट जन्मिने पनि बताएका छन्। मतदान हुनपूर्व उनले यस्तो अपिल गरेका छनः
 
आदरणीय महाधिवेशन प्रतिनिधि ज्यु,
आज हामी, नेपाल विध्यार्थी संघ ११ औ महाधिवेशनको पुर्व सन्ध्याको ऐतिहासिक क्षणमा उभिएका छौँ। शिक्षा, राजनीति र संगठन सुदृढिकरणका विविध मुद्दाहरुको जगमा आम विध्यार्थी साथीहरुको अभुतपुर्व समर्थन र यहाँ समक्ष मैले प्रस्तुत गरेको प्रतिबद्धताहरुलाई कायम राख्दै अध्यक्ष पदमा मैले उम्मेद्बारी प्रस्तुत गरेको व्यहोरा स्मरण गराउन चाहन्छु। नेतृत्व माथिको आशिर्वादबाट होइन समृद्ध विचार सहितको निरन्तर संघर्ष र आम विध्यार्थीहरुको समर्थनबाट जन्मिन्छ भन्ने राजनैतिक तथ्यलाई आत्मसाथ गर्दै, नेविसंघको मुल सिद्धान्त, नीति तथा कार्यक्रमप्रती निष्ठावान रही, बलियो संगठन निर्माणमा यहाँहरुले पुर्‍याउनु भएको योगदानलाई उच्चतम सम्मान गर्दै मैले जिम्मेवारीको यस पदमा उम्मेद्बारी प्रस्तुत गरेको हुँ।
 
समावेशी प्रतिनिधित्त्व सहितको सुदृढ नेविसंघ र बलियो शैक्षिक पुर्वाधारको जगमा संबिधान कार्यन्वयन मार्फत राष्ट्रिय समृद्धी हासिल गर्न सकिन्छ। यसै यथार्थप्रति अडिग रहेर पार्टिका आदर्शवान अग्रजहरुले हामीलाई देखाउनु भएको मार्गदर्शन, हाम्रा महान शहिदहरुको बलिदानीबाट प्राप्त उर्जा र यहाँहरुको समर्थनबाट प्राप्त अभुतपुर्व प्रेरणालाई आत्मसाथ गर्दै नेपाल विध्यार्थी संघको ११ औँ महाधिवेशनमा अध्यक्ष पदमा मलाई निर्वाचित गराइ महत्वपूर्ण राजनैतिक जिम्मेवारी प्रदान गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु।
 
मलाई विश्वास छ, यसमा एकताको ऐेतिहासिक महाधिवेशन पश्चात हाम्रो राजनैतिक सहकार्य र उत्कृष्ट नेविसंघ, नेपाली कांग्रेससंगै समृद्ध नेपाल निर्माणको हाम्रो ऐेतिहासिक दायित्वले थापा उचाइ प्राप्त गर्नेछ।
 
जय नेपाल।
 
आनन्द राज त्रिपाठी
अध्यक्ष पदका उम्मेद्वार 
११ औँ राष्ट्रिय महाधिवेशन, २०७३, काठमाडौं
नेपाल विध्यार्थी संघ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ