arrow

निर्वाचनको पूर्व सन्ध्यामा कांग्रेसको पत्रकार सम्मेलन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २६ सोमबार
congress-party-office-final.jpg

काठमाडौं । स्थानीय तहको चुनाव तीन दिनपछि हुँदै गर्दा सत्ताधारी दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ । दल र उम्मेदवार चुनावी मैदानमा व्यस्त रहेका बेला कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बिहान ११ बजे पार्टी मुख्यालमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन हुनेछ । आइतबार मात्र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेका थिए ।

उनले कांग्रेसमाथि विभिन्न आरोप लगाएर ६७ बुँदामा संकल्पपत्र सार्वजनिक गरिरहँदा त्यसको जवाफमा कांग्रेसले पनि एमालेमाथि प्रहार गर्ने अनुमान गरिएको छ । 

कांग्रेसले निर्वाचनमा आफ्नो तयारीबारे पनि जानकारी गराउने बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ