arrow

नेविसंघमा ६ जना निर्विरोध; गगन थापा निकट परमेश्वर भए सहमहामन्त्री

logo
प्रकाशित २०७३ भदौ १ बुधबार
parmeshor-gagan.jpg.jpeg
काठमाडौं। नेपाल विद्यार्थी संघको नेतृत्वमा लागि निर्वाचन हुनुअघी नै ६ जना निर्विरोध भएका छन्। निर्विरोध हुनेमा एक पदाधिकारी सहमहामन्त्री सहित ५ जना केन्द्रीय सदस्य रहेका छन्। सहमहामन्त्रीमा सिरहाका परमेश्वर साह निर्विरोध भए। उनी मधेशी कोटाबाट निर्वाचित भएको निर्वाचन समितिका सदस्य अरुण पञ्जियारले जानकारी दिए। साह काँग्रेस नेता गगन थापा निकट हुन्। उनी नैनसिंह कुन्दन र सरोज थापा प्यानलबाट उमेद्वार भएका थिए। 
 
त्यसैगरि कृषि तथा वनविज्ञान विश्वविद्यालयबाट केन्द्रीय सदस्यमा सरोज रेग्मी निर्वाचित भए। उनी पनि गगन निकट हुन्। मुस्लिम छात्रातर्फ सितारा वानु निर्विरोध भइन। अपाङग छात्रातर्फ कल्पना खड्का निर्विरोध भइन। उनी मनोजमणी समुहसँग नजिक भएको बताइन्छ। 
 
कल्पना खड्का
 
त्रिविवी आंगिक क्याम्पस छात्रातर्फ सिता गौतम निर्विरोध भइन । उनी नैनसिंह महर प्यानलबाट उमेद्वार भएकी थिइन। पिछडिएको क्षेत्र छात्रातर्फ सुमित्रा शाही पनि निर्विरोध भएकी छन्। शाही देउवा र सिटौला निकटहरुको समुह निकट नैनसिंह प्यानलको भएको बताइन्छ। समग्रमा २ छात्र र ४ छात्रा निर्विरोध भएका छन्। 
 
मध्यान्हअघी मतदानका सबै प्रक्रिया पुरा गरि मतदान पनि शुरु भएको सदस्य पञ्जियारले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ