arrow

प्रधानमन्त्री देउवा चार दिन डडेलधुरामा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २६ सोमबार
sher-bahadur-deuba.jpg
तस्बिर– फाइल

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबारदेखि चार दिन गृहजिल्ला डडेलधुरामा रहने भएका छन् । उनी मंगलबार डडेलधुरा गएर शुक्रबारमात्र काठमाडौं फर्कने भएका छन् । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले देउवा एक जना मतदाता पनि भएकाले अब मत हालेरै काठमाडौं फर्कने बताए । 

उनैले पार्टी मुख्यालय वीपीनगर सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा संचारकर्मीको जिज्ञासामा भने, ‘हेर्नुस् उहाँले भ्याएसम्म प्रधानमन्त्री दैनिक क्रियाकलाप त चलाउनै पर्यो । उहाँले जिल्ला नफर्केकै कति भइसक्यो । जान पाउनु भा छैन । देशभरि हेर्ने हो नि त प्रधानमन्त्री भन्या । चुनावको मौकामा पनि आफ्नो निर्वाचन क्षेत्रमा गएन भने के भन्छन् ? भोट पनि हाल्न पर्यो । भोलि बेलकाबाट मौन अवधि भैसक्यो । मौन अवधि पनि आफ्नो ठाउँमा निर्वाचन क्षेत्रमा आफ्नो वासस्थानमा बस्न पाइँदैन भन्ने कुरो त गलत भो नि !’

डा. महतले अगाडि भने, ‘त्यसकारण उहाँले पार्टी सभापतिको हैसियतले, त्यहाँको सांसदको हैसियतले पनि आफ्नो निर्वाचन क्षेत्रमा जानु पर्दैन ? नत्र आफ्नो निर्वाचन क्षेत्रलाई वास्तै गरेन भन्ने आरोप आउँदैन ? यसलाई पनि अनौठो मान्नु हुन्छ र भन्या ? एक दिन प्रचारमा संलग्न हुनुहुन्छ । बाँकी दिन बस्नुहुन्छ । भोट हालेर फर्कनु परो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ