arrow

लागुऔषधसहित दुई युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २६ सोमबार
pakrau9.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय तनहुँले आइतबार लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । बुटवलबाट पोखरातर्फ आउँदै गरेको ग१ख ५३५४ नम्बरको बस कोत्रेमा चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ५ का ३२ वर्षीय विश्राम चौधरी र पर्वतको मोदी गाउँपालिका वडा नं. ९ का ३१ वर्षीय विपिन गुरूङ रहेका छन् । 

उनीहरुको साथबाट लागुऔषध नाईट्रोभेट १० लेखेको ट्याब्लेट ३०० चक्की, लागुऔषध कोडिन फोस्पेट लेखेको झोल पदार्थ भएको बोतल थान ३, लागुऔषध डाईजोपाम ७ एम्पुल, फेनारागन ७ एम्पुल र नुफिन ६ एम्पुल गरि २० एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय तनहुँमा डिएसपी एवं प्रवक्ता युवराज खड्काले जानकारी दिए । 

पक्राउ परेका दुवैको आवश्यक अनुसन्धान शुरु गरिएको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ