arrow

कांग्रेस र माओवादीका कार्यकर्ताबीच कुटाकुट, झगडा पारिवारिक कि पार्टीको ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २६ सोमबार
kutakut-election-2079.jpg

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनकै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूबीच कुटाकुट भएको छ । बकैया गाउँपालिका ७ कत्लेखोलामा कुटाकुट हुँदा दुई जना घाइते भएका छन् ।

चुनावको विषयलाई लिएर कांग्रेस निकट रामबहादुर राईले २०–२५ जना कार्यकर्ताको परिचालन गरि माओवादी केन्द्रका कत्लेखोला टोल कमिटी अध्यक्ष विष्णु राई र राप्रपा गाउँ कमिटी उपाध्यक्ष हरि राईलाई कुटपिट गरेको माओवादी केन्द्र मकवानपुरकी नेतृ लक्ष्मी माझी ‘कृपा’ले आरोप लगाइन् । 

उनीहरू दाजुभाइसमेत रहेका छन् । घाइते विष्णु र हरिको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको माझीले बताइन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले उक्त झगडा घरझगडा भएको र यसलाई राजनीतिक रूपमा नलिन आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ