arrow

मतदानको तीन दिनअघि उम्मेदवार चौधरीको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
local-level-election-12345.jpg

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ । नेकपा एमालेबाट उम्मेदवार बनेका चौधरीको काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिए ।

बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजो सम्बन्धि रोगबाट पीडित थिए । यसअघि उनी तुलसीपुर–१७ को वडा सदस्यमा निर्वाचित भएका थिए । 

चुनाव प्रचारकै क्रममा चौधरी एक्कासी बिरामी परेका थिए । उनलाई उपचारका लागि दुई पटक नेपालगञ्जस्थित भेरी अस्पताल भर्ना गरिएको थियो । 

त्यहाँ सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल लगिएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ