arrow

संयुक्त राष्ट्रसंघको युथ एसेम्ब्लीको अध्यक्षमा नेपाली युवती जोली अमात्य

logo
प्रकाशित २०७३ भदौ १ बुधबार
joli-amatya-un.jpg.jpeg
काठमाडौं। संयुक्त राष्ट्रसंघको युथ एसेम्ब्लीको अध्यक्षता गर्न नेपाली युवती जोली अमात्यले पाएकी छिन्। अमात्य संयुक्त राष्ट्रसंघको यति उच्चतहमा पुग्ने सबैभन्दा कम उमेरकी नेपाली हुन्। यसअगाडि उनले संयुक्त राष्ट्रसंघको युथ एसेम्ब्लीमा सहअध्यक्षता गर्दै आएकी थिइन्। राष्ट्रसंघको सबैभन्दा ठूलो युवा सम्मेलनका रुपमा परिचित युथ एसेम्ब्ली विश्वभरका युवाहरुलाई नेतृत्व गर्ने उच्च तह हो। अमेरिकामा नेपालकी जोलि अमात्य सयुक्त राष्ट्र संघकि यूवा सम्मेलनकि युवा अध्यक्षमा नियुक्त भएको भन्दै युएसएडले वधाई दिएको छ। युएसएडले आफ्नो ट्वीट्र ह्याण्डलबाट वधाई दिएको हो। 
 
युथ एसेम्ब्ली राष्ट्रसंघमा सबैभन्दा लामोसमय चल्ने सबैभन्दा ठूलो मध्येको एउटा सम्मेलन हो। सम्मेलनमा अध्यक्षताको लागि नियुक्त भइसकेपछि अमात्यले ९७ देशका १ हजार भन्दा धेरै प्रतिनिधिहरुको नेतृत्व गर्दै अगस्त १० देखि १२ सम्म राष्ट्रसंघ मुख्यालयमा कार्यक्रम गरिसकेकी छिन्। कार्यक्रम अन्तर्राष्ट्रिय युवा दिवशको अवसरमा समापन गरिएको थियो। 
 
नवनियुक्त युथ चेयर जोली अमात्यले ९७ देशका सयौं युवा प्रतिनिधिहरुले खचाखच भरिएको ऐतिहासिक राष्ट्रसंघको महासभाहलमा आयोजित युथ एसेम्ब्लीमा सम्बोधन गरेकी थिइन्। युवा प्रतिनिधीहरुका लागि राष्ट्रसंघका महासचिव बान कि मुनले विशेष सन्देश सम्प्रेषण गरेका थिए।
 
जोलीले राष्ट्रसंघको युथ एसेम्बलीमा नेपालको युवा प्रतिनिधिका रुपमा सन् २०१३ मा प्रवेश गरेकी थिइन्। तीनबर्षको छोटा अवधिमा नै उनी उच्च तहमा पुग्न सफल भएकी हुन्। सन् २०१५ मा उनले युथ एसेम्बलीमा ‘को चेयर’गरेकी थिइन्। उनको लगनशिलता र कडा परिश्रमका कारण यो बर्ष उनी मुख्य तहमा नै पुग्न सफल भएकी हुन्।
 
विगत सातबर्षदेखि अमेरिकामा पेशागत अनुभव हासिल गर्ने क्रममा उनले युएन वुमन लगायत राष्ट्रसंघका विभिन्न अंगहरु सहित विश्व बैंक, हेविट्याट फर ह्युमानिटी, एक्शन एड इन्टरनेशनल लगायतका संस्थामा काम गरिसकेकी छिन्। यो अवधिमा उनले नेपालका युवा र महिलाको अवस्थामा सुधारका क्षेत्रमा समेत काम गरेकी छिन्।
 
नेपालमा जन्मेर हुर्केकी जोलीले सेन्ट मेरी उच्च माध्यामिक विद्यालयमा अध्ययन गरेकी थिइन्। हाइस्कुलमा नै उनी सन् २००७ मा भ्वाइस अफ वुमनले छनौट गरेको टपटेन वुमन अवार्डबाट सम्मानित भएकी थिइन्। त्यसपछि उनी थप अध्ययनका लागि अमेरिकामा आएकी थिइन्। उनले आयोवाको को कलेज र बोष्टनको हार्भड युनिभर्सिटीमा अध्ययन गरिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ