arrow

एमालेका विद्रोही स्वतन्त्र उम्मेदवार भण्डारीको चर्चा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
dilip-bhandari-gauradaha.jpg

गौरादह । स्थानीय तहको निर्वाचनको प्रतिक्षाको घडी नजिकिदै गर्दा हरेक स्थानीय तहमा प्रचारप्रसारले तिब्रता पाएको छ । उम्मेद्बारले आ–आफ्ना  चुनावी एजेन्डा प्रस्तुत गर्ने क्रममा मतदाताको मन जित्नेले मत प्राप्त गर्ने सम्भावना प्रबल रहन्छ । 

यसै प्रसङ्ग अन्तर्गत झापाको गौरादह नगरपालिका वडा नं ३ मा जनताको मन जित्दै मत जित्न अग्रसर वडा अध्यक्षमा आफ्नो स्वतन्त्र उम्मेद्बारी प्रस्तुत गरेका  दिलिप भण्डारीको चुनावी चर्चा दिनानुदिनचुलिदै गएको देखिन्छ ।
 
लामो समयदेखि गरिब दुःखीहरुको सेवामा समर्पित हुँदै अहोरात्र सहयोग गर्दैआएका भण्डारी गौरादह क्षेत्रका एक चर्चित सामाजिक एवं परोपकारी ब्यक्तित्व हुन् । गौरादह उद्योग बाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका भण्डारीको कार्यकालमा सुसुप्त जस्तै रहेको बाणिज्य संघले उल्लेखनीय उपलब्धि हासिल गर्दै  सामाजिक वर्चस्व कायम गरी महत्वपूर्ण उपलब्धि हासिल गरेको थियो । 

वर्तमान अवस्थामा गौरादहका अब्बल सहकारीको नेतृत्व साथसाथै आफ्नो पेशा ब्यवसायमा अहोरात्र खटिने भण्डारी वडाध्यक्षका उम्मेद्बार रहेको र उनी उक्त पदमा विजयको घडी नजिक पुगेको अनुमान लगाउन सकिन्छ । 

गठबन्धन दल र नेकपा एमालेका उम्मेद्बारहरुसँगै वडाध्यक्षको प्रतिस्पर्धामा गौरादह नगरपालिका अन्तरगत रहेको वडा नं ३ को वडाध्यक्ष पदमा उम्मेद्बारी प्रस्तुत गरी चुनावी मैदानमा स्वतन्त्र रुपमा होमिएका भण्डारीको चुनावी गतिविधि र उनको गतिविधिमा स्वतः स्फुर्तरुपमा स्वेच्छिक सहयोग गर्नेको लर्को उल्लेखनीय देखिन्छ ।

घर गाउँ चोक चोकमा भण्डारीलाई मत हाल्न आफूहरु तम्तयार रहेको मतदाताहरु बताउँछ्न् । गत शनिबार  भण्डारीद्वारा आयोजित वडा चुनावी र्यालीमा सहभागी हुनेहरुमध्ये एक स्थानीय गीता माझीले स्वतस्फूर्त रुपमा स्वतन्त्र उम्मेद्वार भण्डारीको र्याली रहेको थाहा पाएर सहभागी हुन आएको बताइन् । 

साथै ‘अरुलाई पटक पटक विजय गराउनु भन्दा एक पटक दिलिप दाइलाई विजय गराएर वडाको विकासको लागि उभ्याउन आफूहरुले इच्छा जाहेर गरेको’  माझीले बताइन् ।

यता भण्डारीले विजयी भए वडालाई आर्थिक पारदर्शिता र  वडाका हरेक निर्णयहरू युवा सहभागितामा गरिने र वडाका सम्पूर्ण सम्बद्ध विषयहरु सम्बन्धित  विज्ञको सहयोग लिएर ३ नं वडालाई नमूना वडा बनाउने बताए । 

यसबाटै मतदाता आकर्षित भएको बुझिन्छ । गत स्थानीय निर्वाचनमा वडाध्यक्ष विजयी बनेका एमालेका उम्मेद्बार गजेन्द्र घिमिरेलाई पार्टीले पुनः यसपटक पनि वडाध्यक्षको टिकट दिएपछि असन्तुष्ट ब्यक्त गर्दै भण्डारीले विद्रोही बनेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

त्यसैगरी अघिल्लो पटक घिमिरेसँग झिनो मतान्तरले पराजय भोगेको कांग्रेसले यसपटक गठबन्धनतर्फबाट माओवादी केन्द्रका साझा उम्मेद्बार शेरबहादुर कार्कीलाई वडाध्यक्षमा उभ्याएको छ । उनी शिक्षण पेशाबाट राजीनामा दिएर राजनीतिमा होमिएका छ्न् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ