arrow

दर्ता नगरी मेडिकल र पसल सञ्चालन

logo
प्रकाश बम,
प्रकाशित २०७३ भदौ १ बुधबार
doti-medical-news.jpg.jpeg
डोटी, सिलगढी । डोटीको सदरमुका सिलगढीका कुनै पनि पसलमा मूल्य सूची नराखिएको भेटिएको छ । 
 
सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टको नेतृत्वमा मंगलबार सिलगढी बजारमा भएको सयुक्त अनुगमनमा यस्तो भेटिएकोे हो । अनुगमन गरिएका  पसलहरुमा मूल्य सूची नभेटिएकाले तत्काल राख्न अनुगमन टोलीले लिखित आदेश दिएको छ । 
 
अर्को पटक मूल्य सूची, पसल दर्ता, म्याद नाघेका कुनै पनि बस्तु विक्रि गरिएको  भेटिएमा कानुनी कारबाही गरिने समेत अनुगमन समितिका निरीक्षक तथा सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताए । अनुगमन नगरिएको भन्ने सुनासो बढेपछि  संयुक्त अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताए । 
डोटीको सदरमुकाम सिलगढीमा तीन वटा होटल, सात वटा सुन चाँदी पसल, १४ वटा किराना पसल, तीन वटा मासु पसल, छ वटा वटा औषधी पसलमा संयुक्त अनुगमन भएको थियो । 
 
अनुगमनका क्रममा केही सुन चाँदी पसल दर्ता नभएका, काटा नभएका र केही मेडिकल पसलहरु औषधि व्यवस्था विभागमा दर्ता नभएको भेटिएकाले तत्काल दर्ता गर्न लिखित सुझाव समेत दिइएको छ । 
 
यस पटक सामान्य सुझाव मात्र दिइएको र अर्को पटक फेरि दोहोहिरमा पसलमा सिल समेत गर्ने समितिका संयोजक बिष्टले बताए । 
 
अनुगमनका क्रममा केही व्यापारीहहरुले अनुगमन कार्यलाई निरन्तरता दिदा वैधानिक रुपमा व्यवसाय गरिहेकाहरुलाई फाइदा हुने न्यू केसी जनरल स्टोरका सञ्चालक दिपेन्द्र केसीले बताए । यस्तै, केही सेवा ग्राहीले पसलै पिच्छे मूल्य फरक भएको गुनासो गरेका थिए ।
 
मूल्य सूची नराखेसम्म सेवा ग्राहीहरु मर्कामा पर्ने बताएका थिए । अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्ट, प्रसासकीय अधिकृत रमा घिमिरे, जिल्ला अस्पताल कार्यलयका डा. घन श्याम भट्ट, जिल्ला पशु विकास कार्यलयका पशु विकास अधिकृत गणेश ऐर, उद्योग वाणिज्य संघकी प्रतिनिधि लक्ष्मी श्रेष्ठ, जिल्ला कृषि विकास कार्यलयका बावानी अधिकृत प्रकाश चन्द्र भट्ट, जिल्ला विकास समितिका प्रतिनिधि बबि बीसीलगायत जिल्ला प्रहरी कार्यलयका प्रहरी सहायक निरीक्षक केशव दक्त जोशी सहभागि थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ