arrow

मतदान केन्द्र नजिकै बन्दुकसहित एक जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २८ बुधबार
bharuwa-gun.jpg

रुकुमपूर्व । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा एक जना व्यक्ति अवैध भरुवा बन्दुकसहित पक्राउ परेका छन् । 

जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–१४ पोबाङबाट एकनाले भरुवा बन्दुकसहित सोही ठाउँकै चन्द्रबहादुर कामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ ।

कामीलाई १४ नं वडास्थित सिद्धमण्डली मावि राङ्सिको मतदान केन्द्रको २०० मिटर आसपास क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए । मङ्गलबार पक्राउ परेको कामीलाई रुकुमकोट ल्याइएको छ ।

 निर्वाचनको मुखैमा मतदान केन्द्र नजिकै भएर अवैध बन्दुकसहित हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ