arrow

नेपाल–भारत सम्बन्धलाई एकै दुरीमा राखेर हेर्नु हुँदैन : नेताहरु

logo
प्रकाशित २०७३ भदौ १ बुधबार
netaharu-new.jpg.jpeg
काठमाडौं । दलका नेताहरुले नेपाल र भारतको सम्बन्धलाई एकै दुरीमा राखेर हेर्न नहुने बताएका छन् । रिपोटर्स क्लबको साक्षात्कारमा वुधबार नेताहरुले यस्तो बताएका हुन् । 
 
नेपाली काँग्रेसका नेता नारायण खड्काले नेपाल–भारत सम्बन्ध कसैले बिगार्न नसक्ने प्रस्ट्याए । खड्काले भने,‘नेपाल र भारतवीच अत्यन्तै मैत्रिपुर्ण र ऐतिहासिक छ, यो सम्बन्ध अहिलेदेखि होईन, प्राचिनकालदेखि नै घनिष्ठ छ ।’ 
खड्काले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ७०औं स्वतन्त्रता दिवसको अवसरमा लालकिल्लामा छिमेकीलाई भारतले पहिलो प्राथमिकतामा राखेको र छिमेकी मुलुकको गरिबी अन्त्य गर्नै भनेर सार्वजनिक रुपमै प्रतिवद्धता व्यक्त गर्नु अत्यन्तै सकारात्मक रहेको सुर्ना । खड्काले भने,‘मोदीजीको अभिव्यक्तिले पनि आगामी दिनमा नेपाल–भारत सम्बन्ध अझै सुमधुर हुन्छ, मजबदुत हुन्छ ।’
 
उनले थपे,‘भारतको स्वार्थ वा चासो नेपालको आन्तरिक मामिला हुन्छ जस्तो मलाई लाग्दैन, भारतजस्तो परिपक्व विश्वमै आर्थिक विकास हाँसिल गरेको देशले नेपालको आन्तरिक वा सानो तिनो कुरामा हस्तक्षेप गर्छ जस्तो मलाई लाग्दैन् ।’ 
 
यद्धपी खड्काले नेपालको राजनीतिक परिवर्तनबारे भारतले चासो राख्नु अत्यन्तै स्वभाविक रहेको बताए । उनले थपे,‘नेपाल–भारतबीच खुल्ला सिमाना छ, त्यसैले भारतले नेपालको राजनीतिक परिवर्तनबारेमा चासो राख्नु त्यति नौलो कुरा होइन ।’
 
आपसी असमझदारी हटाएर द्धिपक्षीय सम्बन्धलाई बलियो बनाउनु नै आजको आवश्यकत्ता रहेको भन्दै सोही अनुरुप नेपाल र भारत अघि बढ्नुपर्ने नेता खड्काको भनाई थियो । भारतले भनेबमोजिम उसले नेपालको शान्ति, स्थायित्व र समृद्धिको लागि गर्ने सकारात्मक प्रयासमा नेपालले पनि सहयोग गर्नुपर्ने खड्काले बताए । 
 
नेकपा एमालेका नेता राजन भट्टराईले नेपाल–भारत सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै अब हुने द्धिपक्षीय उच्च तहको भ्रमण दुईदेशको हितमा हुनेगरी अघि बढाउनुपर्नेमा जोड दिए । 
 
भट्टँराईले नेपाल र भारतबीच जतिसुकै असमझदारी भएपनि ऐतिहासिक सम्बन्ध भएको कारण ती असमझदारी गौण हुने धारणा राख्दै भने,‘विगतमा पनि कतिपय विषयमा असमझदारी भएकै हुन्, तर वार्ताको माध्यमबाट ती असमझदारीहरु हटाइएको थियो, अहिले भारतको आर्थिक विकासबाट नेपालले पनि लाभ लिनुपर्छ, भारत अहिले आर्थिका विकासको एजेण्डामा अघि बढिरहेको छ ।’ 
 
नेपालमा जुनसुकै राजनीतिक दल सरकारमा आएपनि छिमेकी मुलुक समृद्धिको बाटोमा अघि बढिरहेको वेला नेपालले पनि राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउनेगरि अघि बढ्नुपर्ने भट्टराईको भनाई थियो । उनले नेपाल र भारतवीच भएका द्धिपक्षीय सन्धीसम्झौताहरु पूनरावोलकन गरेर समयानुकुल बनाउनुपर्नेमा जोड दिए । उनले सम्बन्ध समुधुर बनाउनको लागि पनि द्धिपक्षीय राजनीतिक उच्च भ्रमण नियमति हुनुपर्ने बताए । 
 
नेकपा माओवादी केन्द्रका नेता प्रभु साहले नेपाल र भारतबीच सदियौंदेखिको सम्बन्ध भएको उल्लेख गर्दै बदलिँदो परिवेश अनुसार अब अघि बढ्नुपर्नेमा जोड दिए । साहले भने,‘भारतले नेपाललाई सानो देख्ने अनि नेपालले भारतलाई ठूलो देख्ने भन्ने जुन भावना छ, त्यसरी सोच्नुहुँदैन् ।’ उनले भारतको आर्थिक समृद्धिबाट नेपाललेपनि लाभ लिनुपर्ने धारणा राखे । 
 
साहले नेपाल र भारतवीच भएका सन्धी र सम्झौताबाट प्रतिफल नआए त्यसलाई रिभ्यु गर्नुपर्नेमा जोड दिए । उनले थपे,‘यदि सन्धिसम्झौताबाट कुनै लाभ भएन वा प्रतिफल आएन भने त्यसलाई रिभ्यु गर्नुपर्छ ।’ उनले नेपाल–भारतवीच सम्पन्न भएका कतिपय ठूला परियोजनाहरु द्धद चरित्र बोकेको समेत गुनासो पोखे । भारतको आर्थिक विकाससँगै नेपालले समेत यसबाट आर्थिक विकासको गतिमा दु्रतता पाउने साहको विश्वास थियो । 
 
फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले भारतलाई नेपालले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने आवश्यकत्ता औंल्याए । नेता देवले भने,‘हिजो पञ्चायतकाल, प्रजातान्त्रिक काल र आजको संघीय लोकतान्त्रिक गणतन्त्रमा समेत उही नीति कसरी हुन्छ, त्यसैले अहिले हामीले दृष्टिकोणमा परिवर्तन गर्न जरुरी छ ।’
 
नेपालको भारतसँगको विदेश नीति डोमिनेटेड रहेको भन्दै अब नयाँ ढंगले सुत्रीकरण गरेर अघि बढ्नुपर्नेमा नेता देवको जोड थियो । उनले नेपाल र भारतवीच समदुरीको नीति हुनै नसक्ने भन्दै अब वस्तुनिष्ठको नीति अनुसार अघि बढाउनुपर्ने बताए । 
 
नेपालले भारत र चीन दुवैसँग उतिकै प्रगाढ सम्बन्ध कायम गर्नुपर्नेमा उनको जोड थियो । उनले अघि थपे,‘दुवै छिमेकीहरुसँग नेपालले राम्रो सम्बन्ध राख्नुपर्छ, दुवै देशको आर्थिक विकासबाट फाईदा लिनुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ