arrow

६० वर्षे वृद्धाको पहिले सुन चोरी- त्यसपछि जबर्जस्ती करणी

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ भदौ १ बुधबार
karaniकथबलवब.jpg.jpeg
स्याङजा । साउन २१ गते आफ्नै बारमिा घास काट्दै गरेकी ६० बर्षिय बृद्धाले लगाएको सुन चोरी गरि फरार भएका अभियुक्तले करणी गरेको खुलासा भएको छ । साझपख बारीमा घास काट्न गएको मौका छोपेर पर्वत जिल्लाको त्रिवेणी गाविस वडा नं. ७ का ३५ बर्षिय युवक झकबहादुर रानाले बृद्धाले लगाएको गरगहना लुटपाट गरी जवरजस्ती करणी पछि फरार रहेका थिए । घट्नाको विवरण थाहा पाउन साथ वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पर्वतबाट पक्राउ गरेको थियो । युवकलाई नियन्त्रणमा लिएर अनुसन्धानका क्रममा बृद्धालाई करणी समेत गरेको प्रहरी सगँ अभियुक्त रानाले स्विकार गरेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरिक्षक उत्तमप्रकाश वरालले जानकारी दिए ।
 
कमजोर शरिर भएकी ६० वर्षकी एक बृद्धालाई जबर्जस्ती करणीका कारण उनको स्वास्थ्य अवस्था समेत नाजुक रहेको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमुद्धामा पक्राउ गरेको र अनुसन्धानका क्रममा बृद्धालाई करणी समेत गरेको खुल्न आएपछि प्रहरीले पिडित बृद्धाको गाविस र जिल्ला समेत गोप्य राखेको छ । अभियुक्त रानालाई जिल्ला अदालत स्याङ्जामा जबर्जस्ती करणी तथा चोरी मुद्धामा म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 
 
वालिका देखि अर्धबैसे विचमा जवरजस्ती बलात्कारका घट्ना बाहिर आएपनि बृद्धाको घट्ना भने स्याङ्जामा पहिलो भएको प्रहरीले जनाएको छ । कानुनमा ७० बर्षिय देखि माथिकालाई मात्रै बृद्धबृद्धा मान्ने गरिएको र २० बर्ष देखि ६० बर्ष सम्मको महिलालाई करणी भएमा एउटै सजाय हुने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ । प्रहरीले ग्रामणि क्षेत्रबाट गाँजा ओसारपसार हुन्छ भन्ने थाहा पाएपछि गाँउ गाँउमा गाँजाबोट नष्ट गर्ने अभियान तिब्र बनाउदै गर्दा गाँजा बेचविखनमा समलग्न युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
 
 स्याङ्जाको भीरकोट नगरपालिका वडा नं. १ बाट लागु औषध गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक  बरालका अनुसार भीरकोट १ मुल्कीचौतारा बडहरेस्थित सिद्धार्थ राजमार्गमा दहथुम प्रहरी चौकीबाट गस्तीमा गएको प्रहरी टोलीले भीरकोट १ बस्ने वर्ष १७ को रोशन गुरुङलाई गाँजासहित पक्राउ गरेको हो ।
 
गुरुङलाई शंकास्पद अवस्थामा फेला पारेपछि खानतलासी गर्नेक्रममा लागु औषध गाँजा फेला परेको र निजको साथमा रहेको लागुऔषध बरामद गरी जिल्ला अदालत स्याङ्जाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरी निरीक्षक बरालले जानकारी दिए । गाँजा नियन्त्रणका लागि प्रहरीले सचेतना कार्यक्रम समेत संचालन गर्दै आएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ