arrow

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २८ बुधबार
cib-final.jpeg

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-२ बस्ने २७ वर्षीय रामराज खड्कीलाई प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको २०७८ चैत २५ गतेको फैसलाले बैकिङ कसूर मुद्दामा तीन दिन कैद र रु १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको आज एक सूचना जारी गरी जनाएको छ । 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ