arrow

उपप्रधानमन्त्री महराले चिनियाँ प्रधानमन्त्रीलाई भेटे, ‘सी’को भ्रमणमा जोड

logo
प्रकाशित २०७३ भदौ १ बुधबार
mahara-new-bhet-china.jpg.jpeg
काठमाडौं । चीन भ्रमणमा रहहेका उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महराले चिनियाँ प्रधानमन्त्री  ली खछ्याङसंग वुधबार भेटवार्ता गरेका छन्। 
 
बेजिङस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्तामा चिनियाँ प्रधानमन्त्री लीले नेपालले चिनियाँ राष्ट्रपति सी जिनपिङसंगै आफ्नो भ्रमण निमन्त्रणाप्रति उपप्रधान तथा अर्थ मन्त्री महरालाई धन्यवाद दिएको बेजिङस्थित नेपाली दुतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 
 
प्रधानमन्त्री लीले त्यसका लागि दुबै राष्ट्रको परराष्ट्र मन्त्रालय निरन्तर सम्पर्कमा रहने जनएका छन्। 
 
उपप्रधान एवम् अर्थ मन्त्री महराले नेपालको सामाजिक आर्थिक विकासमा चीनले पुर्‍याएको सहयोगप्रति चीनलाई विशेष धन्यवाद दिए । 
 
महरा सरकारको विशेष दूत भएर सोमबार चीन प्रस्थान गरेका थिए । भ्रमणका क्रममा महराले चिनिँया विदेशमन्त्री र वुद्धिजिविहरुसंग समेत भेट गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ