arrow

महाराजंगजमा शोभावतीको स्थानमा कांग्रेसले रिताकुमारीलाई उम्मेदवार बनायो, स्थगित निर्वाचन ३ गते हुने

logo
मणिप्रसाद गैह्रे,
प्रकाशित २०७९ वैशाख २८ बुधबार
rita-kumari-maharajjung-kapilvastu-congress.jpg

कपिलवस्तु । महाराजगंज नगरपालिका उपमेयरमा नेपाली कांंग्रेसले रिताकुमारी कुर्मीलाई उम्मेदवार बनाएको छ । गत मंगलबार कांग्रेसबाट उपमेयरको उम्मेदवारी दिएकी निवर्तमान उपमेयर शोभावती कुर्मीको निधन भएको थियो । 

उनको ठाउँमा उनैकी बुहारी रिताकुमारी कुर्मीलाई उम्मेदवार बनाइ निर्वाचन कार्यालय महाराजगंजमा बुधबार उम्मेदवारी दर्ता गराइएको नेपाली कांग्रेस कपिलवस्तुका सभापति अब्दुल कलामले बताए । 

शोभावती कुर्मीको निधनपछि निर्वाचनको मिति स्थगित गरी अर्को सूचना जारी गरी मतदानको मिति जेठ ३ गतेलाई तोकिएको महाराजंगज नगरपालिकाका निर्वाचन अधिकृत कुवेर पाण्डेयले बताए । 

साथै पाण्डेयले नेपाली कांग्रेसबाट बुधबार ११ बजे रिताकुमारी कुर्मीको उपमेयरमा उम्मेदवारी दर्ता भएको बताए । रिताकुमारी २८ वर्षीया महिला हुन् । उनले अनमी अध्ययन गरी जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा काम गर्दे आएकी छिन् ।  

उम्मेदवारी दिएपछि कुर्मीले सासुका अधुरा सपना साकार पार्नुका साथै नगरमा शिक्षा र स्वास्थ्य क्षेत्रमा विकासका काम गर्ने योजना रहेको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ