arrow

पानीको समस्यासँग लड्दै अमिर खान

logo
प्रकाशित २०७३ भदौ १ बुधबार
amirssss.jpg.jpeg
एजेन्सी । भारतको महाराष्ट्र प्रदेशका गाँउहरुमा पानीको समस्या अन्त्य गर्नको लागि अमिर खान र उनका टोलिले अघिल्लो केहि महिना देखि जोडदार काम गरेका छन‍् । अमिरको यस कदमलाई स्थानियले खुलेरै प्रशंसा गरेका छन् । आमिरले सो अभियान माथि छलफलको लागि सोमबार एक कार्यक्रम आयोजना गरेका छन् ।
 
पानीको समस्या अन्त्यको लागि अमिर खान र उनकी श्रीमति किरन रावले सन् २०१६ मा पानी फाउनडेशन स्थपना गरेका छन् । उक्त फाउन्डेशन र सत्यमेव जयते शोका कोर मेम्बर्स मिलेर  महाराष्ट्रको गाउमा पानीको समस्यामा काम गरे र केहि हद सम्म समस्या सुल्झाएका पनि छन् ।
 
मुम्बईमा राखिएको  फाउन्डेशनको एउटा कार्यक्रममा गाउँमा पानीको समस्या अन्त्य गर्ने स्थानीय सम्मानित भए । साथै फाउन्डेशनले  समस्या सुल्झउन आवश्यक पैसा पनि सहयोग गरेको छ । सो अवसरमा आमिर, किरन लगायत महाराष्ट्रका मुख्य मन्त्री देवेन्द्र फडनवीसले पानी बचाउने स्थानीयलाई सम्मान गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ