arrow

सेयर बजार सत्र अङ्कले बढ्यो

logo
प्रकाशित २०७३ भदौ १ बुधबार
Nepal-Stock-exchange.jpg.jpeg
काठमाडौँ। धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको सेयरको मूल्यमा आज केही बढोत्तरी भएको छ । 
 
नेपाल स्टक एक्चेन्जकाअनुसार नेप्से आज १७.४९ अङ्कले बढेर एक हजार ७३४.९४ विन्दुमा पुगेको छ । कुल १४५ कम्पनीको १६ लाख ९७ हजार ९१२ कित्ता सेयर रु एक अर्ब सात लाख पाँच हजार मूल्यमा कारोबार भएको छ । 
 
ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत ३.६३ विन्दुले बढेको छ । आज विशेष गरी फाइनान्स र उत्पादन समूहको सेयर कारोबारमा कमी आएको छ भने अन्य समूहको सेयर कारोबारमा बढोत्तरी भएको छ । 
 
बैङ्किङ ०.९९, होटल २.९६, विकास बैंक १.४६, जलविद्युत् ०.६१, बिमा १.२५ र अन्य समूहको सेयर ०.८ प्रतिशतले बढोत्तरी भएको छ भने फाइनान्स शून्य र उत्पादन समूहको सेयर ०.३४ प्रतिशतले कमी आएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ