arrow

नेविसंघको मत खस्न राति २ बज्ने

विद्युतीय भोटिङ मेसिनमा सिक्दै मत हाल्दै

logo
प्रकाशित २०७३ भदौ १ बुधबार
npu-flag.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघको ११औं महाधिवेशनको मतदान जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतदानमा हाल सम्म हजार बढी मत मात्रै खसेको बताइएको छ ।
 
यही गतिमा भोट खसे हाल सम्म मतदानको कार्ड लिने मतदाताहरुको मात्र मत खस्न राति २ बस्ने आँकलन निर्वाचन समितिले गरेको छ । 
 
निर्वाचन समितिका पदाधिकारीहरुका अनुसार ३८ सय बढी मतदाता रहेकामा हाल सम्म मतदान कार्ड लिन ३२ सय बढी पुगेका छन् । यही गतिमा ती ३२ सयले मात्रै मतदान गर्न राति २ बज्ने भएको हो । 
 
विद्युतीय मतदानको एक ठाउँमा मात्रै बुँत रहेकाले ढिलो भइरहेको बताइएको छ ।
 
अर्कोतिर विद्युतीय भोटिङ मेसिनमा मतदान गर्ने प्रक्रिया सिकाउँदै प्रयोग गर्न लगाउँदा निकै समय लागिरहको निर्वाचन समितिका पदाधिकारीहरुको भनाई छ ।
 
मतदाता नामावलीमा रहेका सबै मतदाताले मत हाल्दा राति ३–४ बज्ने बताइएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ