arrow

विराटनगरको राधाकृष्ण रथ यात्रामा राष्ट्रपतिले हेलिकोप्टरबाट पुष्पवृष्टी गर्ने

logo
कुुमोद अधिकारी,
प्रकाशित २०७३ भदौ १ बुधबार
Bidhya.jpg.jpeg
विराटनगर । विगतका वर्षहरु झै यस वर्ष पनि श्री कृष्ण जन्माष्ठमीको भोलीपल्ट निकालिने  राधाकृष्ण रथ यात्राको विराटनगरमा तयारी तीब्र बनाइएको छ । श्री राधाकृष्ण रथ यात्रा समारोह समितिले वुधबार विराटनगरमा पत्रकार सम्मेलनगरी यही भाद्र–१० गते आयोजना गर्न लागिएको रथ यात्राका लागी तयारी तीब्र बनाएको जनाएको छ ।
 
त्यसका लागि वावुुराजको अध्यक्षतमा रथ यात्रा मूल समारोह समिति तथा १९ वटा उप समितिहरु गठन गरिएको छ । विराटनगर–१ पानीटंकीस्थित राधाकृष्ण मन्दीर परिसरमाबाट भाद्र १० गते दिउँसोे ३ बजे रथ यात्रा प्रारम्भ हुुने छ । रथलाई डोरीले तानेर नगरपरिक्रमा गर्ने गरिन्छ ।
 
कृष्ण भगवानको युुगल जोडीलाई रथमा राखेर बाजागाजा, विभिन्न झाँकी तथा नृत्यसहित निस्कने ऐतिहासिक एंव भव्य रथ यात्रामा ५ लाख बढी भक्तजनहरुको सहभाागिता रहने आयोजकको जिकिर छ । रथ यात्रामा सहभागि हुुनेमा मोरङ, सुुनसरी, झापा, भारतको दार्जलिङ तथा सिकिमबाट समेत भक्तजनहरु सहभागि हुुने गर्द छन् । 
 
रथ यात्रामा शान्ति सुुरक्षा कायम राख्दै रथयात्रालाई व्यवस्थित गर्न नेपाल प्रहरी तथा शसत्रप्रहरी गरी १ हजार सुुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ । विराटनगरको विभिन्न भागको परिक्रमागर्ने क्रममा रथ यात्राले ४४ स्थानमा विश्राम लिने समितिका अध्यक्ष ओझाले पत्रकार सम्मेलनमा जानकारी गराए ।
 
श्री कृष्ण जन्माष्ठमीको अवसर पारेर मन्दीरको अक्षयकोषबाट प्रत्येक वर्ष दिँदै आएको पुुरस्कार गत वर्षको एसएलसी परिक्षामा उत्कृष्ठ अंक ल्याएर मोरङ जिल्लामा प्रथम हुुने छात्रा रिया श्रेष्ठले पढेको सप्तकाोशी बोडिङ स्कुल विराटनगरलाई  पाँच हजार तथा यसवर्षको पोकरमल राठी धर्मसंस्कृति पुरस्कार इस्कोन नेपाल प्रचार प्रसार संयोजक केशव गोपाल दास ब्रहम्चारीलाई प्रदानगर्न लागिएको अध्यक्ष ओझाले बताए ।
 
उनका अनुसार यसवर्ष हुुने रथ यात्रामा हेलिकोप्टरबाट पुुष्प वर्षा गराउने तयारी भइरहेको छ । रथ यात्राको महत्वलाई अझ बढाउन हेलिकेप्टरबाट पुुष्प वर्षा गराउनका लागि समितिले पहल गरिरहेको छ । रथ यात्राको शुुभारम्भका लागि राष्ट्रपती विद्यादेवी भण्डारीलाई ल्याउने तयारी भइरहेको समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । विक्रम संवत् १९८८ साल देखि विराटनगरमा राधाकृष्णको रथ यात्रा प्रारम्भ भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ